alliance khabar

बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ, कात्तिक २० गते ।

 सरकारले चालु आर्थिक २०८२/८३ को स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार कर्जा प्रदान गर्न प्रस्ताव माग गरेको हो ।

नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको प्रतिष्ठानले जनाएको छ । तोकिएको मापदण्ड पूरा गरेका उद्यमीले कर्जाका लागि आगामी मङ्सिर ९ गतेसम्म प्रस्ताव पेस गर्नुपर्ने छ ।

समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले चालु आवमा चार सय उद्यमीलाई स्टार्टअप उद्यम परियोजनालाई कर्जा प्रदान गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

यस वर्ष कर्जा प्रदान गर्नका लागि सरकारले ७३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष छ सय परियोजनालाई कर्जा प्रदान गरिएको थियो । गत वर्ष भने कर्जा प्रदान गर्नका लागि एक अर्ब रुपियाँ विनियोजन भएको थियो ।

यस्तै आव २०८०/८१ मा १६५ परियोजनालाई कर्जा प्रदान गरिएको थियो । त्यतिबेला कर्जा वितरणका लागि २५ करोड रुपियाँ विनियोजन गरेको थियो । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ मार्फत एक जना उद्यमीलाई तीन प्रतिशत ब्याजमा अधिकतम २० लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कमार्फत सो कर्जा वितरण गरिने छ ।

वाणिज्य बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल