बाजुरा, भदौ १२ गते । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो […]
काठमाडौँ, भदौ १२ गते । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो । औद्योगिक वातावरण थिएन । मानिसमा आशा थिएन, केबल निराशा थियो । लोडसेडिङको तालिका मात्रै […]
गलकोट (बागलुङ), भदौ ६ गते । नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध […]
काठमाडौँ भाद्र ५ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका माननीय मन्त्री दीपक खड्का र राज्य मन्त्री पूर्ण ब. तामाङ (कान्छाराम) ज्युको विशेष पहलमा नेपालको जलविद्युत निर्माणमा रहेका ऐन, कानुन लगायतका तमाम समस्या समाधानका निमित्त कानुनी जटिलता हटाउन र आवश्यक समन्वय गर्न महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा बन तथा वातावरण मन्त्री माननीय ऐन […]
काठमाडौँ, भदौ ५ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ। बुधबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व विहीनको अवस्थामा नरहने बताउनुभएको हो। उहाँले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै […]
लहान, भदौ ४ गते । मधेशको जीवनरेखा भनिएर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने तिथि तोकिने समयमा पुल भासिएपछि स्थानीयले देखेका सुन्दर सपना चकनाचुर भयो । कमला नदीको वारि सिराहामा पूर्वतिर बस्ने बस्ती र पारि पश्चिम धनुषा जिल्लामा खेत रहेका किसानका व्यथा पीडादायी […]
काठमाडौँ, साउन ३२ गते नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ। नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ। त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ। नेपाल […]
काठमाडौं । एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्डहरू (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी […]
सुर्खेत, साउन २९ गते । कर्णाली सरकारले विपद्का घटनाले घरबार विहीन भएका नागरिकहरुका लागि नयाँ योजना ल्याएको छ । विपदबाट निजी आवास क्षतिका कारण नागरिक घरबार विहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि प्राथमिकताका आधारमा निजी घरको जोखिम बिमा कार्यक्रम ल्याइएको हो । कानुनमन्त्री समेत रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार उक्त कार्यक्रमका लागि पाँच […]
नवलपुर, साउन २७ गते । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने […]