alliance khabar

आइतबार, आश्विन ०४, २०८३

काठमाडौँ, असोज ४ गते ।

विगत १५ वर्षदेखि अलपत्र र रुग्ण आयोजनाका रूपमा रहेको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन यस पुलको बाँकी कामले तीव्रता पाएसँगै आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत सो जानकारी गराउनुभएको छ ।

पूर्वाधार विकास मन्त्रालयले मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण, निरन्तरको अनुगमन र कानुनी विवाद समाधान गरेपछि निर्माणले गति लिएको हो । ठेकेदार कम्पनी र बिमा कम्पनीबिचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो ।

अहिले पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको जनाइएको छ । मन्त्री लम्सालले उल्लेख गर्नुभएको छ, “नदीमा भाँचिएको १० औँ नम्बरको पिल्लर उठाउने काम सम्पन्न भएको छ भने तल्लो संरचनाको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीन वटा पिल्लरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब मुख्य संरचनाको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुने छ ।”

धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम सम्पन्न गरिने छ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ । यसै गरी पुलको भार (लोड) परीक्षणको काम सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ