Alliancekhabar

मंगलबार, आषाढ २५, २०८१

काठमाडौँ, असार २५ गते : नेपालको इतिहासको खोज, अनुसन्धान, संशोधन र प्रकाशनका क्षेत्रमा महìवपूर्ण योगदान दिनुभएका ज्ञानमणि नेपालको व्यक्तित्व र कृतित्व चर्चा राजधानीमा गरिएको छ ।

ज्ञानमणि नेपाल आध्यात्मिक अध्ययन, इतिहासको खोजमा मात्र सीमित नरहेर नेपालको राजनीतिक परिवर्तन र व्यवस्थासँग धेरै जिज्ञासु हुनुहुन्थ्यो । विविध सन्दर्भमा प्रकाशित नेपालका ग्रन्थले सङ्ख्यात्मक, गुणात्मक र ऐतिहासिक योगदानको पुष्टि गरेका छन् ।

उहाँको गणतन्त्रदेखि लोकतन्त्रसम्म, सङ्घीयताको समस्या र समीक्षा पुस्तकले नेपाली राजनीति र समस्याका सन्दर्भमा महìवपूर्ण सन्देश दिएको छ । जीवनमा ४० वटाभन्दा बढी इतिहासका कृति नेपाली समाजलाई समर्पण गरेका उहाँको विषय विज्ञताको उपयोग त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रचुर मात्रामा भएको छ । उहाँका अनुसन्धानात्मक र विचारप्रधान लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा सोमबार आयोजित नेपाली इतिहास तथा वाङ्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान विषयक विमर्शमा सहभागी वक्ताले नेपाली इतिहास लेखनमा ज्ञानमणिको योगदानबारे चर्चा गर्नुभयो । नेपालको प्राचीन इतिहासमा नयाँ प्रकाश, नेपाल निरुक्त, नेपालको महाभारत, नेपाल निरुपण, नेपाल भोट चीन सम्बन्धका केही सांस्कृतिक पक्ष जस्ता ग्रन्थले नेपालको इतिहासमा विविध पाटालाई केलाउने र सप्रमाण प्रकाश पार्ने काम गरेको धारणा वक्ताहरूको छ ।

कार्यव्रmममा नेपाली इतिहास तथा वाङ्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान विषयका अवधारणापत्र प्रस्तुत गर्दै डा. शैलेन्दुप्रकाश नेपालले लेख्नुभएको छ, “भोजपुरमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गरेर विसं २००४ मा काठमाडौँ आएपछि इतिहासप्रति अभिरुचि राखेर, ज्ञानमणिजीले जुन अध्ययन गरेर अनेकौँ कृति प्रकाशन गर्नुभएको छ, त्यो नेपालको सम्पत्ति बन्न पुगेको छ ।”

उहाँका अनुसार नेपालले २०१२ सालपछि गाउँमा नै गएर पाठशाला खोल्नुभएको थियो । २०५१ साल भदौमा प्रज्ञा–प्रतिष्ठानको प्राज्ञमा नियुक्त भएपछि ज्ञानमणिजी नेपालका चाडपर्वहरू, सामाजिक जीवनतर्फ राउटे, झागड जातिबारेका अनुसन्धान गर्न लगाएर कतिपय कृति प्रकाशित गर्नुभएको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानमणि नेपाल नेपाली इतिहास र वाङ्मय क्षेत्रमा सधैँभरि अविष्मरणीय नाम रहेको बताउनुभयो । कुलपति राईले इतिहासको उत्खनन प्रमाणिक इतिहास लेखनमा ज्ञानमणि नेपालको विशेष योगदान रहेको बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ज्ञानमणि नेपाल इतिहासको क्षेत्रमा कहिल्यै नबिर्सने नाम रहेको चर्चा गर्नुभयो । इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्ष उमेरमा २०८१ जेठ १ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल