Alliancekhabar

बुधबार, आषाढ १९, २०८१

काठमाडौँ, असार १९ गते : झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका ११ बस्ने दुर्गा देवी श्रेष्ठको घर र सोही ठाउँको उमा श्रेष्ठको घरमा मङ्गलवार चोरी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बिर्तामोड नगरपालिका ५ नयाँ नमुना टोल बस्ने गङ्गा काफ्ले पौडेलको घरमा जेठ २१ गते चोरी गर्ने गिरोहसमेत उनीहरू भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका ३ बस्ने वर्ष २२ को सुस्मन थापा, सोही ठाउँका वर्ष २७ को कृष्ण थापा, वर्ष ४३ को अर्जुन विश्वकर्मा, नितेश बराइली,  मेचीनगर नगरपालिका १० बस्ने वर्ष ४० को सुरेशकुमार दास र झापा अर्जुनधारा नगरपालिका वर्ष ५१ को सुनिल राजवंशी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाही सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल