alliance khabar

मंगलबार, आश्विन ३०, २०८०

मेष–मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा
दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ।

वृष–मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुने काम
सुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन्।

मिथुन–मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।

कर्कट–अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वास गर्दा धोका पाइएला। व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

सिंह–हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।

कन्या–बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्।

तुला–अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ, साथै सवारीसाधन चलाउदा पनि सावधान रहनु होला ।

वृश्चिक–योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ ।

धनु–विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मकर–काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ।

कुम्भ–स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ।

मीन–मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल