alliance khabar

मंगलबार, साउन १२, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चुनौती र संघर्षका बीच पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक सम्बन्धबारे पनि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च गर्न मन लाग्नेछ । मनपर्ने वस्त्र, गहना तथा आधुनिक सामाग्री प्रति आकर्षण बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काम वा व्यवसायमा केही अवरोध देखिएपनि तनाव लिनुभन्दा कामको गुणस्तर सुधारमा ध्यान दिनु उपयुक्त हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोस्, विशेष गरी लो ब्लडप्रेसरको समस्या भएमा मन केही अस्थिर रहन सक्छ, तर अनुशासन र संयम अपनाए सफलता प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मन रमाइलो र उत्साहतर्फ आकर्षित हुनेछ । अविवाहितका लागि नयाँ सम्बन्धको सम्भावना देखिन्छ । कार्यालयमा नयाँ जिम्मेवारी आउन सक्छ भने परिवार र जीवन साथीलाई पनि समय दिनुपर्ने अवस्था रहनेछ । घुमफिर तथा प्रेम सम्बन्धका लागि दिन अनुकूल छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भोग विलासका सामाग्री प्रति आकर्षण बढ्नेछ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना भएपनि कार्य क्षेत्रमा केही चुनौती सामना गर्नुपर्ने हुन सक्छ । दैनिक काम सहज रूपमा सम्पन्न हुनेछन् । अनावश्यक विवाद र झगडाबाट टाढा रहनु लाभदायक हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बौद्धिक क्षमता र सिर्जनात्मक सोचमा वृद्धि हुनेछ । अध्ययन, अनुसन्धान, प्रतियोगिता वा परीक्षामा सफलता मिल्ने संकेत छ । नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । जुनियर सहकर्मी वा सन्तानबाट पनि सहयोग र लाभ मिल्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कार्य क्षेत्र र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने दिन छ । वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित काममा प्रगतिको सम्भावना देखिन्छ । गोपनीय विषयमा सावधानी अपनाउनुहोस् । अनावश्यक चर्चा वा आलोचनाबाट टाढा रहनु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साझेदार र सहकर्मीको सहयोग लाभदायी हुनेछ । सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । मान्यजनसँगको सम्बन्ध सुदृढ बन्नेछ । दाजुभाइ वा आफन्तसँगको सम्बन्ध पनि प्रगाढ हुनेछ । अध्ययन वा काममा आवश्यक परे सहकर्मीको सहयोग लिन नहिच्किचाउनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नियमित काम सहज रूपमा सम्पन्न हुनेछन् । आयका नयाँ स्रोत फेला पर्ने सम्भावना छ भने बचत गर्न पनि सकिनेछ । प्रेम सम्बन्धमा सामान्य विषयलाई विवादको रूप नदिनु राम्रो हुनेछ । मधुर बोली र व्यवहारले आफ्नो पक्षमा परिणाम ल्याउन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जीवन साथी वा प्रेमीसँगको सम्बन्ध थप सुमधुर बन्नेछ । सामाजिक, राजनीतिक वा प्रशासनिक गतिविधिमा सक्रियता बढ्नेछ । कार्य क्षेत्रमा केही व्यस्तता रहेपनि घर परिवारमा खुसीको वातावरण रहनेछ । नयाँ रणनीति अपनाए आर्थिक पक्षमा सुधार आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोस् । साझेदारीमा कुनै आर्थिक निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ । मन अस्थिर भए केही समय विश्राम गरेर पुन: काममा केन्द्रित हुनु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यक्तिगत प्रतिष्ठा बढ्ने दिन छ । परिवारको उन्नतिका लागि नयाँ योजना सुरु हुन सक्छ । विदेश अध्ययन वा दीर्घकालीन योजनामा सफलता पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ । नयाँ योजना बनाउन र आवश्यक व्यक्तिसँग छलफल गर्न उपयुक्त समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनोरञ्जनभन्दा काममा बढी व्यस्त रहने दिन छ । बौद्धिक तथा आध्यात्मिक गतिविधि प्रति आकर्षण बढ्नेछ । लेखन, परामर्श, कम्प्युटर, शेयर बजार, कानुनी सेवा वा सञ्चारसम्बन्धी क्षेत्रमा कार्यरत व्यक्तिका लागि दिन लाभदायक रहनेछ । आधुनिक प्रविधिसँग सम्बन्धित काममा पनि सकारात्मक परिणाम प्राप्त हुने संकेत छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ