alliance khabar

बुधबार, पुष १६, २०८२

सुलीकोट, पुस १६ गते ।

गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना. ५ ख. ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुरको बेलका नगरपालिका–४, लालबजार घर भई सडकको काम गर्न आएका ४० वर्षीय दीपककुमार राई घाइते हुनु भएको थियो ।

घाइते राईको उपचारको क्रममा बुधबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्साल बताउनु भयो ।

उहाँका अनुसार मृतक राईको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घट्नापछि ट्रक चालक सहिद लखन गाउँपालिका–७ का इन्द्रबहादुर विकलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लम्सालको भनाइ छ ।

स्थानीयवासीका अनुसार उक्त सडक खण्डमा निर्माण कार्य भइरहेकाले सवारी साधन चलाउँदा थप सावधानी अपनाउनु पर्ने भए पनि लापारबाहीका कारण दुर्घटना हुने गरेको गुनासो छ । मृतक राई केही समयदेखि बारपाक–लाप्राक सडक आयोजनामा मजदुरी गर्दै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल