alliance khabar

बुधबार, पुष ०९, २०८२

काठमाडौँ, पुस ९ गते ।

पर्वतीय क्षेत्रको अमूर्त संस्कृतिसँग सम्बन्धित रचनात्मक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष सम्मेलन आयोजना गरिएको छ । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमाली क्षेत्र र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले यस्तो सम्मेलनले दुई नजिकका देशहरु नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा बनेका हस्तकला उत्पादनहरूलाई विश्वव्यापीकरण गर्न प्रयासरत रहेको बताउनुभयो ।

अरनिको समाजले आयोजना गरेको उक्त कार्यक्रममा बोल्नुहुँदै समाजका अध्यक्ष सुशील प्रजापतिले सम्मेलनको उद्देश्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त कार्यक्रम दक्षिण एसिया नेटवर्क टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत रमीला गौतम र चिनिया प्रतिनिधी छाई च्युनले संचालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल