alliance khabar

शुक्रबार, पुष १२, २०८१

कालीकोट, पुस १२ गते । 

कालीकोटको पचालझरना गाउँपालिका ८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसीबी (डोजर) पल्टिँदा एक जना बेपत्ता हुनुभएको छ । कर्णाली करिडोरबाट नदीपारि जारकोट जाने क्रममा नदीमा डोजर पल्टिँदा डोजरसहित पचालझरना ८ का ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय कालीका निमित्त प्रहरी प्रमुख गोविन्द चौधरीले पचालझरना ८ खडतोली निवासी निर्माण व्यवसायी मुक्ति सन्ज्यालको डोजर अपराह्न ५ बजेतिर नदी पार गर्नेक्रममा पल्टिएको र उहाँका भाइ नाता पर्ने कुस्माखर सञ्ज्यालसँगै बेपत्ता हुनु भएको खबर आएको बताउनुभयो । चाटेबगरबाट कर्णाली तारेर वडा ४ मा ठेक्काको काममा लैजाने क्रममा डोजर नदीमा पल्टिएको स्थानीय प्रकाश सेजुवालको भनाइ छ ।

पचालझरना ८ चाटेबगरदेखि पचालझरना ४ जारकोट जाने क्रममा कर्णालीमा निर्माण व्यवसायीका प्रतिनिधि बेपत्ता भए भने नदीमा तैरिरहेका चालक नमराज मल्ललाई स्थानीयको सहायतामा उद्धार गरिएको पचालझरना गाउँपालिका निवर्तमान अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिनुभयो । बेपत्ता सञ्ज्याल निर्माण ब्यबसायी मुक्तिप्रसाद सञ्ज्यालको भाइ हुन् । उनीहरू भाइ भाइका छोरा हुन् ।

गत बर्ष कर्णाली करिडोरको खुलालुमा सडक मर्मत गर्दा पहिरोमा जेसिबी पुरिदा सञ्ज्यालका कान्छा भाइको मृत्यु भयको थियो । कर्णाली नदीमा जेसिबी तार्दा छेउमा बसेका सञ्ज्याल बेपता हुनुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल