alliance khabar

सोमबार, पुष ०१, २०८१

सुर्खेत, पुस १ गते ।

 कर्णाली प्रदेशमा बलात्कारका घटना बर्सेनि बढ्दो रूपमा पाइएको छ । प्रदेशमा दर्ता भएका मुद्दाको आधारमा हेर्दा प्रत्येक वर्ष बलात्कारका घटना बढ्दै गएको पाइएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८ देखि २०८१ सम्मको तीन वर्षमा जबरजस्ती करणीका ५६४ मुद्दा दर्ता छन् भने १२४ वटा मुद्दा जबरजस्ती करणी उद्योगका छन् । बलात्कार प्रयास भएको उजुरीलाई प्रहरीले जबरजस्ती करणी उद्योगमा दर्ता गर्ने गरेको छ ।

आव २०७८/७९ मा जबरजस्ती करणीका १५० वटा, जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएका थिए । आव २०७९/८० मा जबरजस्ती करणीका २०६ र जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै आव २०८०/८१ मा जबरजस्ती करणीसम्बन्धी २०८ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगसम्बन्धी ३४ मुद्दा दर्ता भएका थिए । प्रहरीको तथ्याङ्कले बर्सेनि बलात्कारका मुद्दा अझै उकालो लागेको देखाउँछ । चालु आवको हालसम्म ६० वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । यसै गरी जबरजस्ती करणी उद्योगसम्बन्धी १८ वटा मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता नारायण डाँगी जनसङ्ख्या र सहरीकरण बढ्दै जाँदा त्यही अनुपातमा यस्ता घटना पनि बढ्दै जाने बताउनुहुन्छ । अर्कातिर आफूविरुद्ध भएका अन्यायविरुद्ध आवाज उठाउने र न्यायिक लडाइँ लड्ने महिलाको सङ्ख्या बढेको पनि उहाँको भनाइ छ । सामाजिक सञ्जालका कारण पनि यस्ता घटना धेरै समय लुकेर बस्न नसक्ने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै त्यसको दुरुपयोग पनि बढ्दै गएको छ, त्यसैले यस्ता घटना बढिरहेको डाँगीले बताउनुभयो ।

समाजमा हुने बलात्कारका घटना न्यूनीकरणका लागि स्थानीय सरकार, समाजसेवी र स्थानीयले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । प्रहरीले जिल्ला, इलाकादेखि चौकीसम्म सचेतना कार्यक्रम चलाइरहेको छ । स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत पनि यस्ता घटनाबारे जनचेतना फैलाउने काम भइरहेको डाँगीले जानकारी दिनुभयो । समाजमा शङ्कास्पद व्यक्ति देखिएमा वा भेटिएमा प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरे यस्ता घटनामा कमी आउने उहाँको भनाइ छ । अधिकारकर्मी पवित्रा शाहीका अनुसार अहिले घटनासँगै उजुरी पनि बढेको छ । त्योसँगै सञ्चार माध्यम र प्रहरीले जबरजस्ती करणी तथा यौन दुव्र्यवहारका घटनामा चासो देखाउन थालेको देखिन्छ । “यस्ता घटना बढ्नुको कारण हाम्रो देशको पितृसत्तात्मक सोच र संरचनाका कारण पनि हो । घर, समाज र न्यायिक प्रणालीमा पुरुषलाई नै केन्द्रमा राख्ने र महिला कमजोर हुन्छन्, जसो गरे पनि हुन्छ भन्ने सोचले गर्दा बढिरहेको हो,” शाहीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल