रुकुम पूर्व, माघ १० गते । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी […]
काठमाडौँ, माघ ९ गते । सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार फागुन महिनामा सञ्चालन हुँदै आएको उक्त अभियान यस वर्ष माघ महिनामा नै सञ्चालन गर्ने निर्णय गरेको हो। फागुन महिनामा आम निर्वाचनको तालिका परेकाले अभियानलाई […]
बाँके, माघ ९ गते । हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार बिहान इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले स्थानीय अगुवासहित संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गर्नुभयो । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक […]
काठमाडौं, माघ ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ। त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको […]
म्याग्दी, माघ ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तीव्र पारिएको छ । जिल्लाभर रहेका ८२ मतदानस्थल मध्य शुक्रबारसम्म ६० मतदानस्थलको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरिएको हो । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य,जिल्ला […]
राँझा (बाँके), माघ ९ गते । कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन थाले । अहिले बाँकेमा ३४ […]
काठमाडौँ, माघ ९ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु. नौ हजार २०० र चाँदी रु. ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु. छ […]
लेखनाथ, माघ ८ गते। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ। यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय […]
काठमाडौँ, माघ ८ गते। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले आज पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिनुभएको हो। तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]
काठमाडौँ, माघ ८ गते । राजनीतिक दलका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न दलका नेता पार्टी कमिटीका सुझावसहित विषयविज्ञ राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने […]