काठमाडौँ, माघ १३ गते । नेपालीको प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]
गण्डकी, माघ १३ गते । होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित बन्नुभएको छ । समितिका सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, […]
हुम्ला, माघ १३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा उम्मेदवारले निर्वाचनका लागि अधिकतम ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी […]
नारायणगढ माघ १३ गते । लेखक निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने भएको छ । गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको लेखक जीवनले जननकारी दिनुभयो । लेखकको यो कृति नवौं कृति हो । साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने उहाँ तीनवटै विधामा सक्रिय हुनुहुन्छ । […]
चितवन, माघ १२ गते । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम […]
चितवन, माघ १२ गते । चितवनको निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख राजनीतिक दल नेकपा (एमाले) र कांग्रेसले १२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा–२०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका मतदाताले २०८२ फागुनमा हुने निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । २०७० मङ्सिर […]
काठमाडौँ, माघ १२ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो […]
घोराही, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् । बिहान ११ बजेसम्म प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय नौ जना गरेर एक सय ६१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभएको छ […]
माछापुच्छ्रे(कास्की), माघ ११ गते । पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ […]
मकवानपुर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । दुई वटा मतदान केन्द्र रहने उक्त मतदानस्थलमा प्रदेश सभाका सदस्यका लागि (क) मतदान केन्द्र र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि […]