बागलुङ, पुस १६ गते । बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ आम नागरिकको स्वास्थ्यमा सहयोग पुर्याउने लक्ष्यसाथ फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका परियोजना व्यवस्थापक समिता पुनले बागलुङ नगरपालिकाका […]
पश्चिम नवलपरासी, पुस १६ गते । नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ । निर्माणाधीन सडकमा पछिल्लो केही दिनदेखि शीतलहरका कारण सडक सतह अत्यन्तै चिप्लो भएपछि यात्रा जोखिमपूर्ण बनेको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (पश्चिम खण्ड) का अनुसार, हाल उक्त क्षेत्रमा पक्की ढलान र कल्भर्ट निर्माणको काम भइरहेको […]
काठमाडौँ, पुस १५ गते । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । आयोगले यही पुस १३ र […]
ताप्लेजुङ, पुस १५ गते। ताप्लेजुङमा गुरुङ समुदायले तमू ल्होसार भव्यरुपमा मनाएका छन्। गुरुङ समुदायले सम्वत् फेरिएको रुपमा नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाएका हुन्। गुरुङ समुदायले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने अर्थात नयाँ वर्षको रुपमा ‘तमू ल्होसार’ मनाएका छन्। सर्प वर्ग (सप्री ल्हो) को रुपमा पुरानो […]
दाङ, पुस १५ गते । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद […]
काठमाडौँ, पुस १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। १० बुँदे सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल […]
लमजुङ, पुस १४ गते । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । लमजुङमा चालु वर्र्षको पाँच महिनामा १३६ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो वर्र्ष सरेर आएको र चालु वर्र्षको मुद्दा गरी १३६ जनाले सम्बन्धविच्छेद गरेका लमजुङ अदालतका स्रेस्तेदार रामबन्धु गौतमले बताउनुभयो । चालु वर्षको साउनदेखि मङ्सिरसम्म १२४ मुद्दा दर्ता भएको र गत वर्र्षबाट […]
बाजुरा, पुस १४ गते । बाजुराको पूर्वीउत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि दुर्गमका स्थानीयमा खुसी छाएको छ । सरकारले सुदूरपश्चिम प्रदेशका चार जिल्लासहित देशभरका नौ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै जिल्लाको बुढीनन्दा नगरपालिका १ कोल्टीमा पनि नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि यती बेला यहाँका स्थानीयमा खुसी […]
भारदह(सप्तरी), पुस १४ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुरका एक विपन्न दलित विद्यार्थी २२ वर्षीय ओमप्रकाश तत्मा दासले दलित कोटा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको छ । स्थानीय राम किसुन तत्मा दासको छोरा ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो । बिहान बेलुका बाइरिङ्ग गर्ने र बचेको समय विद्यार्थीलाई ट्युसन पढाएर […]
फुङलिङ, पुस १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २४० जना विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला प्रदान गरिएको छ […]