दमक, भदौ २६ गते । जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरु झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । विहीबार जिल्ला प्रहरी […]
काठमाडौँ, भदौ २६ गते । सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ […]
तनहुँ, भदौ २६ गते । जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनीले अस्तव्यस्त बनेको तनहुँको सदरमुकाम दमौली विहीबारदेखि फेरि सामान्यतर्फ फर्किन थालेको छ । आन्दोलनको चरम उग्रतामा धमाधम बन्द भएका पसलहरु बिहानदेखि क्रमशः खुल्न थालेका छन् । नगरका मूल सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । आन्दोलनका क्रममा दर्जनौँ कार्यालयमा आगजनी र तोडफोड हुँदा नगरभरी फोहोरको थुप्रो […]
काठमाडौँ, भदौ गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उहाँले भन्नुभयो । […]
वर्तमान संकटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रै खोजिनुपर्छ, संविधानको विकल्प खोज्ने प्रयास प्रतिगमनकारी हुनेछ। आन्दोलनको पहिलो दिनमै गरिएको बर्बर दमन र नरसंहारको तीव्र निन्दा गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग। लोकतन्त्रलाई उल्ट्याउने प्रतिगामी प्रयास अस्वीकार्य, सुधार र सुदृढीकरण संविधानमै आधारित हुनुपर्ने। शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति तथा आमजनसमुदायलाई सचेत, संयमित र एकताबद्ध भएर अघि […]
काठमाडौँ, भदौ २६ गते । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो । जेनजी पुस्ताका माग सम्बोधन […]
काठमाडौं, भदौ २४ गते । ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि मन्त्री निवासमा आगजनी भएको जानकारी ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीले दिनुभयो । आगजनी भएपछि त्यस क्षेत्रमा हेलिकोप्टर उडेको दृश्य देखिएको छ र आगजनीबाट निस्केको धुवाको […]
काठमाडौँ, भदौ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको […]
काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमपछि मन्त्री पौडेलले पदमा बस्न उचित नहुने भन्दै राजीनामा दिनुभएको सचिवालयले जनाएको छ । कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई राजीनामा दिन कांग्रेसकै नेताहरुले सुझाब दिएका थिए।
काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उहाँले सो जानकारी २ बजेर २४ मिनेटमा दिनुभएको छ । गोरखापत्र अनलाइनको टेलिफोन सम्पर्कमा संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गर्नुभएको छ […]