डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौँ, भदौ ३० गते।  नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल […]

तुलसीपुरका ८३ कैदीबन्दी फर्किए

दाङ, भदौं २८ गते । जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दी कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । उहाँको अनुसार तुलसीपुर कारागारबाट तीन पटकमा २५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ८३ कैदीबन्दी आफै फर्किएका छन् । बाँकी कैदीको खोजी भइरहेको छ, […]

शपथ कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको अनुपस्थिति

काठमाडौं, भदौ २७ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन । शितल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण कार्यक्रममा उहाँहरुको सहभागिता देखिएन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेको स्वास्थ्य अवस्था ठीक नभएको र […]

प्रधानमन्त्री कार्की : न्यायिक स्वतन्त्रता र इमानदार नेतृत्वको प्रतीक

न्यायपालिकामा स्वच्छ छवि, निडर निर्णय र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि परिचित उहाँलाई इमानदार, निष्पक्ष र साहसी नेतृत्वकर्ता मानिन्छ। काठमाडौं, भदौ २६ गते ।  नेपालको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ गते नेपालको नयाँ प्रधानमन्त्री बन्नु भएको छ। भदौ २३ बाट चर्किएको सरकारविरोधी ‘जेन जी आन्दोलन’का बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि विभिन्न […]

फर्किए कास्की कारागारका ७० कैदीबन्दी

लेखनाथ, भदौ २७ गते। जेनजी आन्दोलनका क्रममा मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दी फर्किन सुरु गरेका छन्। कारागारमा थ्रिफेज बिजुली जडानसहित अन्य व्यवस्थापन भएपछि ७० कैदी, बन्दी शुक्रबार फर्र्किइसकेको जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो। “७० जना आइसक्नुभयो, बाँकी पनि धेरै सम्पर्कमा हुनुहुन्छ,” शर्मा भन्नुहुन्छ, “हामी पूर्ववत् रुपमै सबै कैदीबन्दीलाई राख्न सक्ने अवस्थामा […]

आन्दोलनमा ज्यान गुमाएकाको अन्त्येष्टि

काठमाडौँ, भदौ २७  गते।   ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला […]

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ, भदौ २७ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद  यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ ।

संवादमार्फत आफैँ समाधान खोजियोस्

रचनात्मक रूपमा संवादमार्फत समाधान खोजियोस् : महासचिव गुटेरेस  संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्छौं : भारत समस्याको सही तरिकाले समाधान गर्दै छिटोभन्दा छिटो आफैँले शान्ति र स्थिरता कायम गर्ने विश्वास छ : चीन काठमाडौँ, भदौ २७ गते। नेपालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा […]

झापाको प्रहरी कार्यालयबाट ९२ थुनुवा भागे

दमक, भदौ २६ गते ।  जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरु झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । विहीबार जिल्ला प्रहरी […]

सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ, भदौ २६  गते ।  सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल