काठमाडौँ, असोज २२ गते । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्ट (एफडब्लुसिएमएस) सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको छ । मलेसियाको बेस्टिनेटले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यसअघि नै एफडब्लुसिएमएस मा सूचीकृत नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पिआरए) र २५० वटा एसोसियट रिक्रुटमेन्ट एजेन्सी (एआरए) ले मात्रै […]
काठमाडौँ, असोज २१ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ । प्रधानमन्त्री दैवी […]
काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ । उपसभाति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएपछि उपसभाति शर्माले कांग्रेसको बन्दसत्रलाई […]
काठमाडौँ, असोज २१ गते । बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलले आज बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गर्नुभएको छ । सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गर्नुभएको थियो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार […]
काठमाडौँ, असोज २१ गते । बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागू गरेको छ । पर्वको समयमा आमनागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्रीसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको […]
काठमाडौँ, असोज २१ गते । सार्वजनिक जीवन यात्राको २५ औँ वर्षगाँठ मनाइरहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गर्नुभएको छ । गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहनुभएको छ । प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल […]
ललितपुर, असोज २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन) द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री डा. तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका […]
काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक […]
काठमाडौँ, असोज २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिनुहुँदै उहाँले संस्थाको कार्यसम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति […]
सिन्धुपाल्चोक, असोज २० गते । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्न जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ को तयारी तीव्र पारेको छ। गाउँपालिकामा प्रसिद्ध जुगल हिमालसहित दर्जनौँ हिमशृङ्खला, डल्ले पोखरी, घिच्चे झरना, स्यावल पोखरी, अमिलो पानी, खस्रे पार्क, दोमोङ पोखरीलगायतका पर्यटकीय स्थल […]