
घोराही, जेठ ११ गते । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ । यहि जेठको १२ गते भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सिमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राती १२ बजेसम्मका लागि बन्द हुने भएको जिल्ला […]
इलाम, जेठ १० गते । माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८/९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि […]
सन्धिखर्क, जेठ ११ गते । अर्घाखाँचीमा ७ वर्षसम्मका बालबालिकालाई आइपिभी खोप अभियान २०८१ सञ्चालन हुने भएको छ । जेठ १३ देखि १७ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने जिल्ला खोप समन्वय समितिले जनाएको छ । जिल्लाका छ वटै पालिकामा सञ्चालन हुने अभियानमा सातहजार ५७५ बालवालिकालाई खोप लगाइँदै छ । अभियानमा कुल ३८८ खोप केन्द्र, ३८८ […]
काठमाडौँ, जेठ ११ गते नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसका नेतामाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिनुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिनुभएको हो। उहाँले नेपाली काँग्रेसका नेता छानबिनको दायरामा […]
काठमाडौँ, जेठ ११ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपछि दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायत आपसी हित र चासोका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र इजरायलबिच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध […]
हुम्ला, जेठ १० गते : नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालनका लागि बन्द गरिएको छ । उक्त खण्डमा सडकको रोकिएको स्तरोन्नति कार्य सुरु भएपछि सडकलाई बन्द गरिएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले नारा देखि हिल्सासम्मको सडकमा यातायात सेवा सञ्चालन कार्य बन्द गरिएको बताउनुभयो । उहाँले सो खण्डको सडकमा स्तरोन्नति […]
काठमाडौँ, जेठ १० गते : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछ । आज विश्वशान्तिका अग्रदूत गौतम बुद्धको […]
हेटौँडा, जेठ १० गते : चालु आर्थिक वर्ष २०८०/८१ सकिन दुई महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको ४१ प्रतिशत मात्र खर्च भएको देखिएको छ । चालु आव सकिन तीन महिना बाँकी हुँदा विनियोजित बजेटको ३५ प्रतिशतभन्दा कम खर्च भएकोमा वैशाख महिना अन्य महिनाको तुलनामा वृद्धि भए पनि समष्टिगत रूपमा प्रदेश सरकारको […]
कार्बनमोनोअक्साइड एक प्रकारको ग्यास हो । यसको कुनै गन्ध हुँदैन । रङरहित, गन्धरहित र स्वादरहित यो ग्यासले हामीलाई एक्कासि मृत्युको मुखमा पुर्याउन सक्छ । विशेषगरी कार्बनमोनोअक्साइड ग्यास घर न्यानो बनाउन झ्यालढोका बन्द गरेर आगो बाल्दा निस्कन्छ । लन्डन हाजर्ड सेन्टर ट्रस्टको रिपोर्ट अनुसार काम गर्ने ठाउँ र घरलाई विषाक्त गर्नेमा एस्बेस्टसपछि कार्बनमोनोअक्साइड दोस्रो स्थानमा पर्छ । सवारीसाधन जस्तै मोटरकार, ट्रकमा […]
काठमाडौँ, जेठ १० गते : चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । […]