Alliancekhabar

शुक्रबार, साउन ०४, २०८१

काठमाडौँ, साउन ४ गते : काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले बिहीबार बिहान नयाँ सडक क्षेत्रमा विरोध जनाएका छन् । अदालतको आदेशलाई समेत बेवास्ता गर्दै स्थानीयवासीले विरोध जनाएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता अघि बढाएको थियो । महानगरले भने अदालतको आदेश दिएकाले सडकको दुवैतर्फ ३ फिटको दरले पेटी विस्तार गर्ने कार्य अघि बढाएको जनाएको छ । यसका लागि महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल