Alliancekhabar

बिहिबार, साउन ०३, २०८१

काठमाडौँ, साउन ३ गते : सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो ।

यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार ४७१ डलर पुुगेको छ ।

अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ । ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जुुनसुकै बेला फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउन सक्छ भन्ने अनुमानका आधारमा लगानीकर्ताले सुनमा लगानी बढाएका हुन् । सुनको लगानी सुरक्षित मानिने भएकाले सुनको मूल्य निरन्तरण बढ्दै गएको उहाँले जानकारी दिनुुभयो ।

इजरायल युुद्ध, एसियाली बजारमा सुनको माग बढी भएकाले पनि मूल्य बढ्न गएको उहाँको भनाइ छ । आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सङ्केत देखिएको उहाँको अनुमान छ । व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार सात सय डलर पुुग्ने अनुुमान गरिएको छ । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुुग्न सक्ने शाक्यले बताउनुभयो ।

चालुु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुु¥याएकाले पनि सुनको मूल्य तोलामा छ हजार रुपियाँ बढी पर्न गएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । यसैबिच बजारमा चाँदीको मूल्यसमेत बढेको छ । मङ्गलबार प्रतितोला एक हजार ८७५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा २० रुपियाँ बढेर एक हजार ८९५ रुपियाँमा कारोबार भएको छ ।

किन्नेभन्दा बेच्ने बढी

बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन् । महासङ्घका महासचिव डम्बरसुुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको व्रmयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ ।” बजारमा सुनको माग नहुुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उहाँको भनाइ छ ।

वाणिज्य बैङ्कहरूले सुुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ । बजारमा सुनको माग न्यून हुुँदा बैङ्क र व्यवसायीसँग पनि सुनको मौज्दात छ ।

साउन महिना लगनको सिजन नभएको र निरन्तर मूल्य बढिरहेकाले पनि सुनको कारोबार न्यून छ । न्युरोडका अधिकांश सुनचाँदी पसलमा यतिबेला ग्राहकको चहलपहल खासै देखिँदैन । उपभोक्ताको व्रmयशक्ति न्यून हुँदा उपभोक्ताले घरखर्च चलाउन पुुराना गहना बेच्न ल्याउने गरेको व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल