काठमाडौँ, भदौ १० गते । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो । उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आउनुभएको हो […]
ताप्लेजुङ, भदौ १० गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि जितको हो । उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गर्नुभएको थियो । ताप्लेजुङ गोल्डकपको उपाधि हात […]
काठमाडौं, भदौ ११ गते । नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालेश्रीकृष्ण जन्माष्टमी र गौरा पर्व नेपाली समाजमा भावनात्मक एकता र सांस्कृतिक सहअस्तित्वको प्रतीक भएको बताउनुभयो। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण देश भएको र यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज, र चाडपर्वहरू भएको र यी चाडपर्वहरू साथसाथै […]
काठमाडौँ, भदौ १० गते । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको हो । त्यही दिनको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ । यो रातलाई मोहरात्रि पनि भनिन्छ । वास्तवमा श्रीकृष्ण कुनै एक व्यक्ति वा साधारण मानिस नभई, समग्र अस्तित्वको प्रतिनिधित्व गर्ने परब्रह्म परमात्मास्वरूप हुनुहुन्छ । भनिन्छ, […]
यतिखेर सुदूरपश्चिमका नरनारी गौरा पर्वको आगमनको पर्खाइमा बसेका छन् । गौरा त्यस क्षेत्रको मौलिक र ऐतिहासिक पर्व हो । भदौ महिनामा पर्ने गौरा नारी प्रधान पर्व भएकाले यस बेला पुरुषभन्दा महिला बेफुर्सदिला हुन्छन्, । एकातिर खेतको साँउ (धानको बोट जस्तै घाँस) निकाल्नु, स्याउली सोत्तर गर्नु, अर्कोतिर गौरा माताको आगमनका लागि घर छिप्नु (पोत्नु) जस्ता काममा […]
काठमाडौँ/नवलपुर, भदौ १० गते । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नै केही समयअघि दिनुभएको थियो । पद बहाली भएको एक महिनाको अवधिमा हासिल भएका उपलब्धिबारे जानकारी दिन भदौ २ […]
दमौली (तनहुँ), भदौ ९ गते । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा […]
कालीकोट, भदौ ९ गते । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको जोखिम कहिल्यै नहट्ने भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिल्लामे हुनु कर्णाली राजमार्गको विशेषता जस्तै भएको छ । पहिरो र खाल्टाखुल्टी हुनु कर्णाली राजमार्गको स्थायी समस्या हो । सरकारले बर्सेनि मर्मतका नाममा लाखौँ रकम खर्च गर्दै आएको भए पनि सडक जोखिम भने कम हुन सकेको छैन । सडक डिभिजन […]
त्रिशूली (नुवाकोट), भदौ ९ गते । तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ । तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव […]
बनेपा, भदौ ९ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत जिल्लाको भुम्लु गाउँपालिका ८ […]