काठमाडौँ, कात्तिक २९ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो । एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका […]
वासिङ्टन, कात्तिक २९ गते । संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्याउने सहमति जनाएको छ । उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो । महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबिच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ । […]
काठमाडौँ, कात्तिक २९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो […]
सुर्खेत, कात्तिक २९ गते । कर्णाली प्रदेश सरकारले २० लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन गरेको छ । विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि गत फागुनमा ल्याइएको थियो । पहुँचका भरमा योजना समावेश गर्ने […]
पश्चिम नवलपरासी, कात्तिक २९ गते । पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसबाट पढाइ सकेपछि प्रत्येक वर्ष चार (४) जना दक्ष जनशक्तिलाई सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडले रोजगारी प्रदान गर्ने सम्झौता भएको छ । क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी महाकवि देवकोटा क्याम्पस र सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडबिच गरिएको सम्झौताअनुसार उद्योगले क्याम्पसबाट हरेक वर्ष चार जना दक्ष […]
म्याग्दी, कात्तिक २९ गते । म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा एक सय ८४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । नेपाली सेनाको गुरु गोरख गुल्मको संयोजकत्वमा सञ्चालन […]
बागलुङ (गलकोट), कात्तिक २९ गते । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौ दिनसम्म आठ करोड ९४ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञमा दानबिरहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । महायज्ञमा शुक्रबार मात्रै […]
महोत्तरी, कात्तिक २९ गते । बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुन पहिले नै पूर्व तयारी बढाएको हो । “मधेशमा शीतलहर वर्षौंपिच्छे भोग्दै […]
काठमाडौँ, कात्तिक २८ गते । जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन् । शुक्रबार जेनजी मुभमेन्ट अलायन्स काउन्सिल अफ जेनजीका सात प्रदेशका संयोजक प्रधानमन्त्री कार्कीलाई जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित ११ बुँदे प्रस्ताव हस्तान्तरण गरेका हुन् । संयोजकहरुले प्रधानमन्त्रीलाई तत्काल संवाद […]
धम्बोझी, कात्तिक २८ गते । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रङ्गशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा […]