पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर,  असार ७ गते । यहाँको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ । धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले […]

रास्वपाको महाधिवेशन आजबाट

भरतपुर, असार ७ गते  । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आइतबारबाट चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ । महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी पूरा गरेका छौँ । ससाना तयारीका काम अन्तिम अवस्थासम्म पनि  भइरहन्छ,” उहाँले भन्नुभयो । महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला […]

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो

काठमाडौँ, असार ६ गते ।  वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहबिच सो भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनुहुन्थ्यो । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा […]

‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

जनकपुरधाम, असार ५  गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै […]

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन,  असार ५ गते । यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन् । कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले […]

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ,  असार ५ गते ।  फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  असार ५ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, […]

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली (तनहुँ), असार ५  गते ।   परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–१२ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । वडाका ३९ जना किसानलाई प्रतिहल गोरु रु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो । शुक्लागण्डकी नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालित कार्यक्रमअन्तर्गत वडा […]

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौँ,  असार ५ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिनुभएको हो । त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट […]

‘असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा’

काठमाडौँ, असार ४ गते । विनियोजन विधेयक, २०८३ मा प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ । बुधबार आठ विभागीय मन्त्रीले जवाफ दिनुभएको छ । बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम बिहीबार पनि जारी रहने छ । बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ