कर्णाली विकास बैंकद्वारा निक्षेप फिर्ता गर्न सुरु

नेपालगन्ज, पुस १८ गते। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार सो क्रममा बुधबार बैंकले करिब दुई करोड रुपियाँ निक्षेप फिर्ता गरिसकेको छ। बैंकका १९ शाखामध्ये १६ वटा शाखामार्फत प्रति व्यक्ति बढीमा […]

विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ : पर्यटन राज्यमन्त्री

काठमाडौँ, पुस १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोली र व्यवहार राम्रो हुनुपर्ने बताउनुभएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालमा आउने पर्यटकसँगको पहिलो भेटघाट नै विमानस्थल यातायात चालकसँग हुने र उनीहरुको […]

पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्त्व पाउँछ : प्रचण्ड

काठमाडौँ, पुस १८ गते।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको बताउनुभएको छ। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो। ‘आजदेखि निकै उत्साहपूर्ण रुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी […]

बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, पुस १८ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गर्नुभएको छ । “बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःख छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पु¥याएको […]

राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार

काठमाडौँ,  पुस १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार यहाँ हुने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताउनुभयो । बैठकमा पार्टीका अध्यक्ष […]

करका बारेमा थाहा पाई राखौँ

भाइबहिनीहरू, अभिभावक वा कसैले सामान वा सवारीसाधन वा घरजग्गाको कर तिर्नु पर्छ भनेको कुरा सुन्नुभएको होला । कुनै पनि कुरा किन्दा वा उपयोग गर्दा सरकारलाई तिरिने शुल्कलाई कर भनिन्छ । आम्दानी गर्दा वा सामान किन्दा तोकिएको रकम सरकारलाई पनि तिर्नुपर्ने हुन्छ । प्राचीनकालमा नोट वा सिक्काको चलन थिएन । त्यो बेला एउटा सामानसँग अर्को सामान साटेर किनबेच गर्ने चलन […]

नाङ्लोको व्यापार

तनहुँ, पुस १८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ घुम्ती सडक किनारामा बेच्न राखिएको नाङ्लो (सुपो) । यहाँका अधिकांश भुजेल समुदायले नाङ्लो, डालो बुन्ने गर्दछन् ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, पुस १८ गते । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ । आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिवालयले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ […]

२०८१ पौष १८ गते 02, Jan, 2024, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । […]

मधेशका लागि जसपा नेपालको विकल्प छैन : उपेन्द्र यादव

नेपालगन्ज, पुस १७ गते।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ