काठमाडौँ, मङ्सिर २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ […]
वाशुलिङ (बैतडी), मङ्सिर २ गते । बैतडीको सूर्नया ३ र २ को सिमानामा पर्ने शताब्दीयौँ पुरानो मानिने वाशुलिङ शक्तिपीठमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । सङ्कट र कष्टक्लेशका बेला यहाँ दर्शन गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिर परिसर भरिभराउ बनेको देख्न सकिन्थो । कोणधारीजङ्गलको बिचमा शान्त वातावरणमा अवस्थित यो शिवरूपी देवस्थलमा पूजाको […]
लहान, मङ्सिर २ गते । लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक सङ्घर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्नामा बसेको छ । लहान नगरपालिकामा करिब सात हजारको हाराहारीमा गाउँब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीय सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । जग्गा फुकुवा कार्यान्वयन प्रव्रिmया अगाडि नबढ्दा […]
काठमाडौँ, मङ्सिर २ गते । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त […]
काठेखोला (बागलुङ), मङ्सिर २ गते । रोजगारीका लागि जापानमा रहेका बागलुङेहरुले जिल्लामा रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणमा सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले सोमबार १३ लाख ५० हजार रुपियाँ सहयोग गरेको हो । बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक […]
पश्चिम नवलपरासी, मङ्सिर २ गते । पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनको क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो । प्रदूषण र अनुगमनको पृष्ठभूमि रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स […]
हेटौँडा, मङ्सिर २ गते । हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई ‘राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुको बाँच्ने आधार’ भन्ने मूल नारासहित प्रारम्भ गरिएको हो । तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा हेटौँडा–१० स्थित राप्ती खोलाको पुलमुनिबाट अभियान […]
काठमाडौँ, मङ्सिर २ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका […]
काठमाडौँ, मङ्सिर १ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा प्रयोग गर्ने व्यवस्था गरेको छ। निगमले मङ्सिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई वैकल्पिक विमानस्थल (अल्टरनेटिव एयरपोर्ट) का रूपमा प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा […]
काठमाडौँ, मङ्सिर १ गते । नेपालले पहिलो पटक एसिएन डजबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । मङ्सिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलबार मलेसिया प्रस्थान गर्दैछ । नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । […]