सहज जितसहित नमोबुद्ध सेमिफाइनलमा

फिदिम, फागुन २७ गते। पाचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरी सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। खेलको ३९औं र ६५औं मिनेटमा विदेशी खेलाडी एलएक्स विलियमले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। विपक्षी […]

कृषि क्षेत्रको अनुदानलाई व्यवस्थित गर्दै सरकार : अर्थमन्त्रीसँग छलफल

काठमाडौँ, फागुन २७ गते। सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग गरेको बैठकमा कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० रेल यात्रु बन्धक

क्वेटा, पाकिस्तान, फागुन २७  गते । पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ । अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाए । “रेलमा रहेका ४५० भन्दा बढी यात्रुहरूलाई […]

राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै हो

काठमाडौँ, फागुन २७ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताउनुभएको छ । काठमाडौँमा हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पार्नुभयो […]

चितवनमा कांग्रेसको गुमेको सिट हामी फर्काउछौँ : अध्यक्ष गुरुङ

चितवन, फागुन २७ गते।  नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने  जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ। मंगलबार चितवनमा आयोजित भरतपुर महानगर समिति द्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङले यस्तो बताउनुभएको हो। विभिन्न दल अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै उहाँले सचेत रहन तरुणलाई निर्देशन दिँदै यस्तो बताउनुभएको […]

हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

काठमाडौँ, फागुन २० गते । हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ । हिमालय एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौँ ।” प्रारम्भिक […]

विनियोजन दक्षता र मितव्यियता कायम गर्न निर्देशन

काठमाडौँ, फागुन २० गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी र परिणाममुखी बनाउने गरी बजेट तयार गरी पेस गर्न मन्त्रालयहरू, आयोग तथा कार्यालयलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार आगामी आवका लागि बजेट तर्जुमासम्बन्धी आठबुँदे मार्गदर्शन जारी गर्दै आगामी चैत १५ भित्रै आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना र कार्यक्रम मन्त्रालयगत बजेट […]

नैतिक मूल्य मान्यता समाजका मेरुदण्ड : राष्ट्रपति

काठमाडौँ, फागुन २० गते  ।  राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो । पौडेलले भन्नुभयो, […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  फागुन २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर […]

पूर्वनिर्देशकसहित तीन जना पक्राउ

काठमाडौँ, फागुन २० गते ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पशुपतिनाथको जग्गामा अवैध रूपमा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पूर्वसरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वस्थानीय विकास अधिकारी (एलडिओ) द्वय प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ तथा पशुपति विकास कोषका तत्कालीन निर्देशक राजुकुमार रेग्मी रहेको सिआइबीले जनाएको छ । सिआइबीका प्रहरी उपरीक्षक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल