alliance khabar

शनिबार, बैशाख २७, २०८२

ढल्केबर, वैशाख १८ गते।

धनुषाको मिथिला नगरपालिका-५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीन वटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ।

बुधबार राति वन कर्मचारीको गस्ती टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्याक्टरसहित उत्खननमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले सब डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले ज. १ त. ६३७७, ज. १ त. ४८५६ र मधेश प्रदेश ०२–००१ त.–२८७७ नम्बरका ट्याक्टरसहित तीन जनालाई पक्राउ गरिएको बताउनुभयो।

उहाँका अनुसार पक्राउ पर्नेमा मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरा रहेका छन्। सिंहले अवैध उत्खनन आरोपमा पक्राउ परेका मानिस तथा प्रयोग भएका सवारी साधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो।

पछिल्लो समय धनुषाको विभिन्न सामुदायिक वन क्षेत्रमा रातिको समयमा अवैध ढङ्गले बालुवा, माटो र अन्य सामग्री उत्खनन हुने क्रम बढ्दो रहेको छ। यस्ता क्रियाकलापले वन क्षेत्रको जैविक विविधता र पर्यावरणमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला तथा स्थानीयले रोकथामको माग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल