alliance khabar

सोमबार, बैशाख २९, २०८२

गाजा सिटी, वैशाख २९ गते ।

हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ ।

सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गर्नुभएको छ । हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय भ्रमणअघि एडन अलेक्ज्याण्डरको रिहाइ गरिने र अमेरिकी पक्षसँग युद्धविरामका विषयमा प्रत्यक्ष वार्ता चलिरहेको जानकारी गराएको थियो ।

हमासको सैन्य शाखा इज्जेद्दिन अल-कस्साम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले सोमबार एक सन्देशमार्फत् भनुभयो, “आज हामी अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्ज्याण्डरलाई रिहा गर्ने निर्णयमा पुगेका छौँ ।” इजरायली प्रधानमन्त्री नेतन्याहूले यसअघि भन्नुभएको थियो, “इजरायलले कुनै युद्धविराम वा कैदीहरूको रिहाइमा सहमति जनाएको होइन, केवल एडन अलेक्ज्याण्डरलाई सुरक्षितरूपमा रिहा गर्नका लागि आवश्यक मानविय मार्ग उपलब्ध गराएको हो ।”

एक इजरायली अधिकारीका अनुसार, एडन अलेक्ज्याण्डरको स्वागतका लागि गाजाको दक्षिणी सिमानास्थित रे इम क्षेत्रको प्रारम्भिक केन्द्रमा विशेष सैन्य टोली तैनाथ गरिएको छ । हमासले सो बन्धकको रिहाइलाई युद्धविराम र मानवीय सहायता पुनः सुचारु गर्ने पहलसँग जोडिएको सकारात्मक संकेतका रूपमा लिएको छ ।

हमास निकट स्रोतले एएफपीलाई जानकारी दिँदै भन्यो, “इजरायलले सोमबार बिहान ९:३० बजेबाट आफ्नो हवाई गस्ती, ड्रोन गतिविधि र सैन्य कारबाही स्थगित गरेको जानकारी दिएको छ, जसले सुरक्षित मार्ग सुनिश्चित गरेको छ ।” स्थानीय नागरिकहरूका अनुसार, यो अस्थायी शान्तिले गाजा क्षेत्रमा केही राहत प्रदान गरेको छ । गाजाको दक्षिणी सहर खान युनिसमा विस्थापित भएकी ३४ वर्षीया सोमाया अबु अल-कासले भन्नुभयो,“थप केही समयअघि यहाँ शान्ति महसुस भयो, कुनै बमबारी भएन, विमानको आवाज पनि थिएन, जुन गाजाका लागि निकै दुर्लभ अवस्था हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल