सुनसरीमा बयासी प्रतिशत रोपाइँ

वराहक्षेत्र, साउन ६ गते । सुनसरी जिल्लामा साउनको पहिलो हप्तासम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । असार महिनाभर पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि किसानले बोरिङ, पैनी र नहरको पानीको सहायताले अधिकांश क्षेत्रमा रोपाइँ गरेका हुन् । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ८१ हजार ७५६ हेक्टर खेतीयोग्य जमिन रहे पनि ४८ […]

उजुरी र गुनासोको अनलाइन व्यवस्थापन सुरु

काठमाडौँ, साउन ६ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणालीको औपचारिक रूपमा सुरुवात गर्नुभएको छ । वैदेशिक रोजगार विभागमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री यादवले उक्त प्रणाली सुरु गर्नुभएको हो । उहाँले यस प्रणालीमार्फत वैदेशिक रोजगारीमा समस्यामा परेकाले गुनासो तथा उजुरीका लागि केन्द्रमा रहेको विभागमा धाउनु […]

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, साउन ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी […]

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, साउन ५ गते ।  सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची […]

पाँच जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौँ, साउन ५ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा बाढीको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका अनुसार विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका पाँच जिल्ला गोरखा, दाङ, अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीमा बाढीको उच्च जोखिम देखिएको हो । यी जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई […]

आज मिति २०८३ साउन ०५ गते , 21 July 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हरेक कामधन्दा र व्यवहारमा सहजताको अनुभूति हुनेछ । जीवन साथीलाई फकाएर कुनै काम निकाल्नुपरे आज प्रयास गर्न सक्नुहुन्छ । कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ, त्यसैले मनोरञ्जन र खेलवाडभन्दा काममा ध्यान दिनु उपयुक्त हुनेछ । अलि बढी मेहनत गरेमा मात्र सफलता प्राप्त हुने संकेत […]

विश्वकप लिग–२ : नेपाल मङ्गलबार नामिबियासँग भिड्दै

काठमाडौँ, साउन ४ गते ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल मङ्गलबार नामिबियासँग खेल्दैछ । यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो । आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ […]

बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा. वाग्लेको निर्देशन

काठमाडौँ, साउन ४ गते ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र […]

विश्वविजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार

काठमाडौँ, साउन ४ गते ।  विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब […]

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

काठमाडौँ, साउन ४ गते ।  नेकपा (एमाले) को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ । सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. निदेशचन्द्र देवकोटाले जानकारी दिनुभयो । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ