alliance khabar

मंगलबार, भाद्र १६, २०८३

काठमाडौँ, भदौ १६ गते ।

नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा पाँच हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्दै  आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ । रेडक्रसका अनुसार त्रिपाल दुई हजार थान, कम्बल एक हजार थान, म्याट्रेस एक हजार थान, डोरी छ सय थान, मर्यादित स्वच्छता (महिनावारी हुँदा प्रयोग गर्नेलगायतका) सामग्री पाँच हजार किट, शव व्यवस्थापन ब्याग एक हजार ७९० थान सहयोग गरिसकिएको छ । त्यसै गरी प्राथमिक उपचार बाकस ५५, स्ट्रेचर ५०, टेन्ट १५, आपत्कालीन शौचालय ५० थानलगायतका सामग्री उपलब्ध गराइएको छ ।

काठमाडौँ जिल्ला रेडक्रस सोसाइटीका सभापति श्यामकाजी डोटेलले नुवाकोट रेडक्रस सोसाइटी जिल्ला शाखा, युवा सर्कलको व्यवस्थापनमा विदुर किरियापुत्री भवनमा आश्रय लिइरहेका रसुवा, नुवाकोटका घरबारविहीन बाढीपीडितका लागि दुई सय थान टिसर्ट, डिस्पोजल प्लेट ३५ सय थान, लामखुट्टे धपाउने धुप १४ थान, मोबाइल चार्ज पावर बैङ्क एक थान र सोसाइटीको कमलपोखरी उपशाखाको सहयोगमा महिलाका लागि ३५ थान लङ स्वेटर प्रदान गरेको  जानकारी जानकारी दिनुभयो ।

उहाँले गोसाइँकुण्ड गाउँपालिकाबाट उद्धार गरी काठमाडौँको एल्लो गुम्बामा राखिएका प्रभावितका लागि समेत ५० थान मन्डी र ५० थान म्याटे«स सहयोग गरिएको बताउनुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीलाई सोसाइटीले केन्द्रीय कार्यालय अवलोकनका व्रmममा बाढी प्रभावित क्षेत्रमा भइरहेको कामबारे विस्तृत जानकारी गराएको थियो । त्यस अवसरमा मन्त्री बादीले रेडक्रस सोसाइटीले भोटेकोशीको बाढीपछिको महाविपत्तिमा पु-याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा थप सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले  सरकारले महिला तथा बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले रेडक्रसलाई पनि उक्त क्षेत्रलगायत प्रभावितलाई मनोसामाजिक परामर्श, पारिवारिक पुनस्र्थापना जस्ता सेवालाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो । रेडक्रस तथा रेडव्रिmसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको उत्कृष्ट कार्यको प्रशंसा गर्नुुभयो । नेपाल रेडव्रmस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा  प्रत्यक्ष देखेको र अनुभव गरेको विषय जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ