alliance khabar

मंगलबार, भाद्र १६, २०८३

सिँजा (जुम्ला), भदौ १६ गते ।

 भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ ।

रसुवामा आएको बाढीपहिरोले ठुलो जनधनको क्षति पुर्‍याउनुका साथै विभिन्न स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । प्राकृतिक विपद् कुनै एक क्षेत्र वा समुदायको मात्र समस्या नभई सबैको साझा पीडा भएकाले कठिन परिस्थितिमा पीडितको साथमा उभिनुपर्ने संघले जनाएको छ ।

संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा बाढीपहिरो पीडितका लागि एक लाख एक हजार रुपियाँ सहयोग गरेको हो । संघका पदाधिकारी तथा व्यवसायीहरूले विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा नागरिक समाजबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकम प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा आवश्यक व्यवस्थापनमा प्रयोग हुने विश्वास गरिएको छ ।

जुम्ला उद्योग वाणिज्य संघले रसुवामा भएको प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति तथा ऐक्यबद्धता प्रकट गरेको छ । साथै, विपदबाट प्रभावित नागरिकको जीवन सामान्य बनाउन तथा राहत र पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ