ऊर्जा क्षेत्रबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग

काठमाडौं, भदौ १७ गते ।  राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपियाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड […]

बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु

काठमाडौं, भदौ १७ गते । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी […]

रसुवा बाढीपीडितका लागि राहत बोकेर बुढानीलकण्ठको टोली धुञ्चेतर्फ

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे  हाे । […]

भोटेकोशी बाढीपीडितका लागि ट्रेड युनियन कांग्रेसलाई १७ हजार सहयोग

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीपीडितको उद्धार राहत तथा पुनःस्थापनाका लागि नेपाल इम्ब्रोइडरी, हेन्डिक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघले रु १७ हजार  सहयोग गरेको छ। संघकी कार्यवाहक अध्यक्ष सीता कार्की ले बुधबार नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरलाई ट्रेड युनियन कांग्रेसको कार्यालयमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो। बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग […]

भोटेकोशी बाढीपीडितका लागि गोकर्णेश्वर ५ बाट १ लाख ७८ हजार सहयोग

काठमाडौं, भदौ १७ गते। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका […]

झुलाघाट पुलको मर्मत नेपालले गर्ने

खलङ्गा, भदौ १७ गते । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल शीघ्र सञ्चालन ल्याउने सहमति भएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सोमबार भएको नेपाल–भारत समन्वय समिति बैठकमा निर्माण सम्पन्न पुललाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुवै देशका अधिकारीबिच सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल सञ्चालन गर्नुअघि […]

रसुवा बाढीपीडित सिन्धुपाल्चोकवासीलाई नगद राहत

सिन्धुपाल्चोक, साउन १७ गते । साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्। बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। […]

‘स्थलगत अध्ययनबिना पञ्चकुण्डलाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी, भदौ १७ गते ।  म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, […]

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ १७ गते ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ३५, आलु […]

रसुवा भोटेकोशी बाढी : छब्बिस अर्बको बिमा दाबी

काठमाडौँ, भदौ १७ गते । जलविद्युत् आयोजनामा भएको ठुलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बिमाक्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ । बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्भिक दाबी २५ अर्ब ८७ करोड रुपियाँ नाघेको छ, जसको करिब २० अर्ब ५० करोड रुपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेको छ । दर्जनौँ जलविद्युत् आयोजना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ