अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी, साउन ७ गते । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो […]

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ, साउन ७  गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, बर्षाको बेला यात्रा […]

विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

काठमाडौँ, साउन ७ गते । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा […]

रैथाने बाली प्रशोधनका लागि कृषकलाई थ्रेसर र मिल वितरण

हुम्ला, साउन ७ गते । खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषक समूह र सहकारी संस्थालाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ। स्थानीय उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले थ्रेसर तथा विभिन्न प्रशोधन उपकरण उपलब्ध गराएको हो। यसबाट कृषकले कम […]

गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु

रेसुङ्गा (गुल्मी), साउन ७ गते ।  गुल्मी अस्पताल तम्घासमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा अत्याधुनिक इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालका अनुसार नयाँ सेवाले मुटुसम्बन्धी रोगको समयमै पहिचान गर्न, जटिल बिरामीलाई आवश्यक परेमा उच्चस्तरीय अस्पतालमा रेफर गर्न […]

पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौँ,  साउन ७ गते ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका […]

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन,  साउन ७ गते । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा […]

पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, साउन ७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी […]

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, साउन ६ गते ।  बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन (एमएल) अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित […]

बिरे झरनामा पर्यटकको घुइँचो

बाजुरा, साउन ६ गते । साउन लागेसँगै बिरेखोला झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने थालेको छ । असारको रोपाइँ सकेर फुर्सदिला भएका यहाँका स्थानीय बिरेखोला झरनामा रमाउन पुग्न थालेका हुन् । बडीमालिका नगरपालिका–६ र ८ को बिचमा रहेको यो झरना बाजुरा सदरमुकाम मार्तडीदेखि करिब सात किलोमिटरको दुरीमा पर्छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बिरेखोला सडकको करिब तीन सय मिटरको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ