लेज-क्याप-फेरेट, साउन ९ गते । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्ररूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू)सँग सहयोग मागेका छन् । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको […]
फुङलिङ, साउन ९ गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व […]
बागलुङ (गलकोट), साउन ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेपछि नयाँ अधिवेशन आयोजना गर्न लागिएको रास्वपा नेता पुनम शर्माले जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन आयोगले […]
काठमाडौँ, साउन ९ गते। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायमा आबद्ध विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब दुई घण्टा लामो छलफलका क्रममा उहाँले सो कुरा बताउनुभएको हो। छलफलमा नेपाल प्लाइउड उत्पादक […]
काठमाडौँ, साउन ८ गते । नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ […]
काठमाडौँ, साउन ८ गते । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार यहाँ सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन हुनुहुन्थ्यो । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा […]
काठमाडौँ, साउन ८ गते । सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उहाँले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न आग्रह गर्नुभयो । प्रदूषण र जनस्वास्थ्यका […]
काठमाडौँ, साउन ८ गते । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ […]
काठमाडौँ, साउन ७ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति […]
काठमाडौँ, साउन ७ गते । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपतिक्षेत्र विकास कोषकै हुने फैसला गरेको छ । न्यायाधीशद्वय खड्कबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले वैशाख २१ गते गरेको फैसलाको पूर्णपाठमा काठमाडौँ जिल्ला अदालतकै फैसला सदर गर्दै प्रमाण र तथ्यका आधारमा पशुपति गौशाला धर्मशाला कोषकै ठहरिने फैसला गरेको हो । काठमाडौँ […]