सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

काठमाडौँ, मङ्सिर ११ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबिच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्त्वपूर्ण मञ्च भएको बताउनुभयो । […]

मङ्सिर महिनाको राशिफल २०८२

मेष राशि : सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । नयाँ कामको अवसर प्राप्त हुने […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ९४ पैसा र बिक्रीदर १६५ रुपियाँ ६३ पैसा, युके पाउन्ड […]

बुङ्गमतीबाट पाटन ल्याइयो रातो मत्स्येन्द्रनाथ

ललितपुर, मङ्सिर ११ गते । ‘वर्षा र सहकालका’ देवता रातो मत्स्येन्द्रनाथलाई बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याइएको हो । गुरुज्यूको पल्टनले सलामीपछि आठ जना पुजारी अर्थात् पानेजूले रातो मत्स्येन्द्रनाथलाई  सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको पुजारी कमलराज वज्राचार्यले बताउनुभयो । उहाँले […]

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, मङ्सिर ११ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन […]

एनपिएल : किङ्सलाई राइनोजको झट्का

काठमाडौँ, मङ्सिर १० गते । रन्जिक कुमार एक्लैले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई चितवन राइनोजको नमिठो झट्का लागेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो । विराटनगरको अपराजित यात्रामा बाधक बनेसँगै दोस्रो जित निकालेको चितवनले प्लेअफ पुग्ने सम्भावना कायम राखेको […]

दल दर्ताको अवधि मङ्सिर १४ गतेसम्म थपियो : एक सय ६ दल दर्ता

काठमाडौँ, मङ्सिर १० गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मङ्सिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर […]

जाजरकोटमा आयुर्वेद तथा चिकित्साप्रति चासो बढ्दै

जाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएता पनि सरकारले बेवास्ता गरेको पाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा जिल्लास्थित आयुर्वेद औषधालय, नागरिक आयोग्य केन्द्र र  सरोकारवालाहरूको सहभागिता रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  जाजरकोटका  प्रमुख डा. सुरदर्शन पोखरेलका अनुसार […]

‘नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्छौं’

बुटवल, मङ्सिर १० गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको सुरक्षा संवेदनशीलतालाई यथार्थ रूपमा पहिचान गर्दै आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थाले चुनौती देखाए पनि सुरक्षा […]

सरकारको सय दिन:भ्रष्टाचारमुक्त, सुशासनयुक्त पारदर्शी समाज

मकवानपुरगढी, मङ्सिर १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत २० साउनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मङ्गलबार दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्नो नेतृत्वको सरकारले सम्पन्न गरेका प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तपश्चात् भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल