स्मार्ट बोर्ड खरिदमा अनियमितता भएको भन्दै गाउँपालिकामा तालाबन्दी

रेसुङ्गा, असार ३० गते ।  गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्मार्ट बोर्ड खरिदको विषयले विवादमा फसेको छ । विद्यालयमा स्मार्ट बोर्ड खरिदको विषयमा अनियमितताको आशङ्का गर्दै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा आलोचना हुँदै आएको थियो । सोमबार सोही विषयलाई लिएर गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको नेतृत्वमा २८ जना जनप्रतिनिधिको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् ।  यो विषयको […]

बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ

मकवानपुरगढी, असार ३० गते । बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म ७० दशमलव ६ प्रतिशत रोपाइँ सक्किएको […]

‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’

काठमाडौँ, असार ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्रनिधिनिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोउत्तरमा उहाँले भूमिसम्बन्धी जुनसुकै समस्या भए पनि समाधान गर्न तयार रहेको बताउनुभयो । मन्त्री अधिकारीले भूमिसँग जोडिएका विभिन्न प्रथाको अन्त्य गरिने बताउनुभयो । विर्ता उन्मूलन ऐन आइसकेपछि विर्ता जग्गा […]

अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने

एन्ड्रु, संयुक्त राज्य अमेरिका, असार ३० गते ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै हुनुहुन्छ । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गर्नुभएको छ । “हामी उहाँहरूलाई […]

कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

धनगढी, असार ३० गते ।  कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो । सो जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट शनिवार ज्यान गएको थियो ।  छाउगोठमा […]

स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणमा रुचि, उपलब्धि न्यून

काठमाडौँ, असार २९ गते । स्थानीय तहका पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा गए पनि त्यसको उपलब्धि भने न्यून देखिएको छ । भगिनी सम्बन्ध स्थापना भएका देशस्थित विभिन्न सहरका प्रतिनिधिको निमन्त्रणामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारी विकास, सेवा प्रवाह र सुशासनको अध्ययन भ्रमणमा जाने आउने क्रम बढ्दो छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक विदेश […]

भूस्खलन नियन्त्रण गर्न रोपिँदै बाँस

पुतलीबजार, असार २९ गते । वालिङ नगरपालिका क्षेत्रमा मोसो जातको बाँस रोपिने भएको छ । नगरपालिकाले एक हजार पाँच सय मोसो बाँसका बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यो बाँस सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रणका लागि अत्यन्त उपयुक्त मानिन्छ । नगरप्रमुख कृष्ण खाँणका अनुसार परम्परागत रैथाने बाँसका प्रजातिमा बाँदरले क्षति पुर्‍याउने, झाडी झार बन्ने र […]

सम्पत्ति जोगाउन सम्बन्धविच्छेदको मुद्दा

बुटवल, असार २९ गते । बचतकर्ताको करोडौँ रकम अपचलन गरी सम्पर्कविहीन भएका डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै नियन्त्रणमा लिइएको बताउनुभयो । पराजुलीविरुद्ध सहकारीका सेयर सदस्य र बचतकर्ताले ठगीको आरोपमा उजुरी दिएका थिए । प्रहरी […]

मणिपालले सबै प्रकारका क्यान्सरको उपचार गर्ने

पोखरा, असार २९ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो । अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक […]

अबदेखि सबैतिर एउटै ‘केवाइसी’

काठमाडौँ, असार २९ गते । अब बैङ्कपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् । ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैङ्कका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल