वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ, पुस ३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत […]

आरन र काठको काम गर्ने २७ श्रमीक सम्मानित

रेसुंगा(गुल्मी), मङ्सिर २९ गते ।  गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो । वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत […]

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

बेलबारी (मोरङ), मङ्सिर २८ गते । जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन […]

सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्ने

काठमाडौँ, मङ्सिर १३ गते। सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालले आयोजना गरेको ‘सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानवअधिकार’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले त्यस्तो बताए। त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक […]

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ, मङ्सिर १२ गते।  नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट […]

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौँ,मङ्सिर ८  गते । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय […]

ओमानसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिने सरकारको तयारी

काठमाडौँ, कात्तिक २७ गते । नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको छ । नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो । नेपाल र ओमानबिच विसं २०३४ मा कूटनीतिक सम्झौता भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री तथा […]

१५ वर्षसम्म पनि बनेन लम्सुवाघाट पक्की पुल

भोजपुर, कात्तिक १८ गते ।  उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष […]

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी

महेन्द्रनगर, कात्तिक १६ गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ […]

मलेसियामा श्रमिक पठाउन दस सर्त

काठमाडौँ, कात्तिक १३ गते ।  मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ १० सर्त अगाडि सारेको छ । मलेसियाले नेपालसहित श्रमिक स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि त्यस्तो सर्त ल्याएको हो । मलेसियामा श्रमिक पठाउने स्रोत देशका कम्पनीले कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्ने, पछिल्लो पाँच […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल