पर्वत, २१ मङ्सिर : नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन […]
काठमाडौँ, १७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]
काठमाडौँ, १७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ । बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर गर्ने हल्लासँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी निकै खुसी भएका छन् । मन्त्रिपरिषद हेरफेरको हल्लासँगै महानिर्देशक अधिकारी निकै हौसिएका छन् । अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेकपा (एकीकृत समाजवादी)को भागमा पार्न सबै मूल्य चुकाउँछु भनेर हल्लाखल्ला गरेको प्राधिकरणका एक उच्च कर्मचारीले बताएका छन् […]
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले पार्टीको पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा महासमिति बैठकमा कुरा उठाउने बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति डा.राणाले कांग्रेस पदाधिकारीमा महिलाको संख्या न्यून रहेको बताइन् । उनले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताएकी छिन् […]
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलन पुस ७ गते काठमाडौमा गर्ने निर्णय गरेको छ । कांग्रेसको बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकले पहिलो सम्मेलन काठमाडौंमा पुस ७ गते गर्ने निर्णय गरेको हो । सभापति इन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको सम्मेलन आयोजक मूल आयोजक समिति गठन गरिएको छ । […]
कावासोती, मङसिर ११ गते । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ । “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान सभाले निर्णय […]
कार्तिक २७ , काठमाडौ । आज बसेको मन्त्री परिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयको चर्को विरोध भएको छ । पछिल्लो समय युवादेखी सबै उमेर समुहमाझ टिकट लोकप्रिय प्लेटफर्मको रूपमा विकसित भएको छ । सरकारले सामाजिक सद्भाव बिगार्न, उछृङ्खल गतिविधि र राष्ट्रियता कमजोर बनाउने काममा टिकटकको दुरुपयोग भएकोले बन्द गर्नुपरेको जनाएको छ । सरकारको […]
पथरी (मोरङ), २६ कात्तिक ः मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना […]
काठमाडौँ, २५ कात्तिक : सांसद प्रेमबहादुर आलेले आफू , सरकारको कामबाट सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ । नेकपा (एकीकृत समाजवादी)का नेता सांसद आलेले निर्वाचन यताका आफूले आफ्नो […]