 
		घोडाघोडी, कात्तिक १२ गते । लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ । लागुऔषध […]
 
		काठमाडौँ, असोज २६ गते । महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबिच हमालसहित उहाँकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तकमा उहाँको जीवनयात्रा, चलचित्रसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका छन् […]
 
		काठमाडौँ, असोज ७ गते । चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडादसैँको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्म्सले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेतृ आँचल शर्माको अभिनय रहेको छ । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य भिडियोमा […]
 
		बेनी (म्याग्दी), भदौ १८ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क […]
 
		ललितपुर, भदौ १४ गते। मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जित्नुभएको छ। शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो। मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा […]
 
		काठमाडौँ, भदौ १३ गते । चलचित्र ‘महादशा’ निर्माणको घोषणा गरिएको छ । किरण नेपालीको निर्देशनमा बन्न लागेको चलचित्रको एक कार्यक्रमबिच घोषणा गरिएको हो । संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनामा चलचित्रको कथा आधारित रहेको जनाइएको छ । लेकाली इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ मुख्य भूमिकामा रहनुभएको छ […]
 
		काठमाडौँ, साउन १७ गते । चलचित्र ‘चिठीको गीत ‘सिन्दूरको रङ’ सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गर्नुभएको हो । गीत भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन सङ्घर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । गीतमा सञ्चारकर्मी कमला जोशीको […]
 
		धम्बोझी, असार ३२ गते । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज रंगशाला परिसरको संचरना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशाला निरिक्षण गर्ने क्रममा मन्त्री अग्रवालले खेलकुद संरचना मर्मत र संरक्षणमा प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गर्ने बताउनुभयो । […]
 
		धनगढी, असार २५ गते । रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ । हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने […]
 
		काठमाडौँ, असार २२ गते । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग […]