सवारीसाधन विद्युतीय बन्ने अवसर

काठमाडौँ चैत २३ गते । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना […]

झोलुङ्गे पुलले जोडिए बस्ती, छोटियो दूरी

बाजुरा, चैत १७ गते । बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ । माझपाली र धौलकाँडा बस्तीबीच खोलामा बनेको यो पुलले स्थानीयको आउजाउ सहज बनाएको छ । पुल नहुँदा एक बस्तीबाट अर्को बस्तीमा जान झन्डै एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । त्यति मात्र होइन, […]

जडाङ्गाको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण हुँदै

बाजुरा, चैत ११ गते ।  बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो । बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बेलिब्रिज […]

पहिरोको उच्च जोखिम रोकथाम गरिँदै

चितवन, चैत ५ गते  । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ ।  बर्सातमा पहिरो गएर ५६ घण्टासम्म सडक अवरुद्ध भएपछि स्थायी रोकथामका लागि सडकदेखि संसद्सम्म दबाब बढेको थियो । सडक विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सडकखण्डको ४३ स्थानमा पहिरो रोकथामका लागि […]

विश्वबैंकको सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र

बागलुङ, फागुन १३ गते ।  विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं. ४ को ओडारचौर–ढोडेनी र वडा नंं. ७ को मुलपानी–तितौरे जोड्ने सडक कालोपत्र गरिएको हो । विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत ती सडक स्तरोन्नतिसहित कालोपत्र गरेको हो । […]

बिपी राजमार्गका पुल विस्तार गर्न अध्ययन

काठमाडौँ, फागुन ५ गते । सङ्घीय राजधानी काठमाडौँसँग मधेश तथा कोशी प्रदेशलाई कम समय र खर्चमा जोड्ने छोटो दुरीको बनेपा–सिन्धुली–बर्दीबास (बिपी) राजमार्गका पुलका चौडाइ विस्तार गर्नेबारे अध्ययन सुरु भएको छ । राजमार्गमा पर्ने खहरे खोलामा पुल नहुँदा तथा भएको पुल पनि एक (सिङ्गल) लेनको हुँदा प्रायः पुलमा सवारीसाधन जाम हुने, सामान्य वर्षामा पनि सडक अवरुद्ध […]

अत्याधुनिक संरचनाको तयारी

काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यकाको सडक व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित सो ठाउँमा भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी सुरु गरिएको छ । भौतिक संरचना निर्माणको लागत अनुमान तयारी गर्न समिति बनाएर काम सुरु गरिएको हो । कोटेश्वर चोक सुधार आयोजना नाम दिएर त्यहाँ […]

तराईसँग जोड्ने महभिर फोड्न सुरु

खोटाङ,  फागुन ४ गते  ।  जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका […]

विद्यार्थीलाई मोबाइलबाट टाढा राख्न संगीत कक्षा

मध्यविन्दु , माघ १७ गते ।  नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा संगीत कक्षा सञ्चालनमा ल्याइएको छ । संगीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षबाट संगीत कक्षा सञ्चालन गर्नेगरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया […]

बाजुराको दानसाँगु खोलामा बेलिब्रिज निर्माण तीव्र

बाजुरा, माघ ३ गते ।  बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा बल्ल बेलिब्रिज पुल निर्माण हुन थालेको हो । लामो समय पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ चल्ने सवारी साधनलाई आउजाउमा समस्या हुँदै आएको थियो । हाल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ