काठमाडौँ, भदौ १७ गते । जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण […]
काठमाडौं, भदौ १७ गते । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपियाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड […]
काठमाडौं, भदौ १७ गते । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी […]
काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे हाे । […]
काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीपीडितको उद्धार राहत तथा पुनःस्थापनाका लागि नेपाल इम्ब्रोइडरी, हेन्डिक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघले रु १७ हजार सहयोग गरेको छ। संघकी कार्यवाहक अध्यक्ष सीता कार्की ले बुधबार नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरलाई ट्रेड युनियन कांग्रेसको कार्यालयमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो। बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग […]
काठमाडौं, भदौ १७ गते। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका […]
खलङ्गा, भदौ १७ गते । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल शीघ्र सञ्चालन ल्याउने सहमति भएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सोमबार भएको नेपाल–भारत समन्वय समिति बैठकमा निर्माण सम्पन्न पुललाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुवै देशका अधिकारीबिच सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल सञ्चालन गर्नुअघि […]
सिन्धुपाल्चोक, साउन १७ गते । साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्। बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। […]
म्याग्दी, भदौ १७ गते । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, […]
काठमाडौँ, भदौ १७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ३५, आलु […]