सडकमा पुरिएकी महिलाको उद्धार

काभ्रे, २८ साउन काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याएको हो । मुख […]

शिक्षक महासङ्घद्वारा स्थानीय तहमा धर्ना

काठमाडौँ, २८ साउन नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे धर्ना कार्यक्रम गरेको छ । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ […]

घोराही उपमहानगरपालिका : ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ

देउखुरी, २८ साउन : घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । “शिक्षकमात्र हुँदा […]

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

दैलेख, २८ साउन : भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उहाँहरु मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको […]

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर, २८ साउन : चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको […]

प्रहरी चौकी बनाउन जग्गा दान

म्याग्दी, २८ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि रु ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् । घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले दुई रोपनी १० […]

महिला तथा दलित जनप्रतिनिधि गुनासो, ‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् ’

खोटाङ, २८ साउन : स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका […]

नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

जानकी (बाँके), २८ साउन : “पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि घाँस बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ । उहाँले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ । […]

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

टक्सार (भोजपुर), २८ साउन : खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भन्नुभयो, […]

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

काठमाडौँ २७ साउन नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल