हेटौँडा, माघ १ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरू खुशी र समृद्ध जीवनका आधार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व–२०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वहरूमा नेपाली समाजको मौलिकता र विशिष्टता झल्किने उल्लेख गर्नुभयो । “विविधताको सुन्दर फुलवारीमा राष्ट्रिय एकता, मेलमिलाप, सहिष्णुता र सह–अस्तित्व फक्रिँदा सुन्दर, शान्त […]
दाङ, माघ १ गते । दाङलगायत पश्चिमका थारू गाउँमामाघको रौनक छ । रातभरी ढुम्रु गीत गाएपछि अहिले कोही नजिकैको खोला तथा बबई नदीमा स्नान गरेर फर्किरहेका छन् भने कोही स्नानका लागि बबईतिर गइरहेका छन् । थारू समुदायमा माघ १ गते बिहान गाउँ नजिकैका खोला, पोखरी, तालतलैया तथा बबई नदीमा पुगेर स्नान गर्ने चलन छ । स्नानपछि […]
डडेल्धुरा, माघ १ गते । नेपालका चार वटा धाम मध्येको एक धाम काली नदी किनारमा रहेको परशुराम धाममा मकर सङ्क्रान्तिमा स्नान मेला लाग्ने गरेको छ । यहाँ प्रत्येक वर्ष मकर सङ्क्रान्तिका दिन लाग्ने मेलामा स्नान गर्नेको घुइँचो लाग्ने गर्छ । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका वडा नं ५ परिगाउँस्थित नेपाल भारत सिमा कालीनदी किनारमा रहको […]
काठमाडौँ, माघ १ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो […]
काठमाडौं, माघ १ गते । नेपाल बैङ्क लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा बैंकको ६६ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ […]
काठमाडौँ, माघ १ गते । सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र […]
काठमाडौँ, माघ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै […]
काठमाडौँ, पुस ३० गते। टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकू उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्। टोखा नगरपालिका–२ […]
सर्लाही, पुस ३० गते । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने लखन्देही खोलाको निर्माणाधीन पुलको काम बर्खाअघि नै सम्पन्न हुने भएको छ । खोलामा पुल नहुँदा वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीय तीव्रताका साथ पुल निर्माण भइरहँदा खुसी देखिन्छन् । जियाजोरका दीपक थापाले पुल निर्माण भइरहँदा अब बर्खायाममा बाढी […]
काठमाडौँ, पुस ३० गते । नेपाली साहित्यको समीक्षा समालोचनामा प्रखर साहित्यकार तथा पत्रकार अच्युतरमण अधिकारीको निधन भएको छ । उहाँको सोमबार अपराह्न अनामनगरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको हाे । ७४ वर्षीय उहाँ अल्जाइमर्सबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय उहाँमा स्नायुसम्बन्धी समस्या पनि देखिएको साहित्यकार युवराज नयाँघरेले जानकारी दिनुभयो । उहाँले लामो समयसम्म […]