त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

काठमाडौँ,  भदौ  गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उहाँले भन्नुभयो । […]

निकास संविधानसम्मत हुनुपर्छ : अध्यक्ष प्रचण्ड

वर्तमान संकटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रै खोजिनुपर्छ, संविधानको विकल्प खोज्ने प्रयास प्रतिगमनकारी हुनेछ। आन्दोलनको पहिलो दिनमै गरिएको बर्बर दमन र नरसंहारको तीव्र निन्दा गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग। लोकतन्त्रलाई उल्ट्याउने प्रतिगामी प्रयास अस्वीकार्य, सुधार र सुदृढीकरण संविधानमै आधारित हुनुपर्ने। शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति तथा आमजनसमुदायलाई सचेत, संयमित र एकताबद्ध भएर अघि […]

नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ, आज निर्णायक वार्ता

काठमाडौँ, भदौ २६ गते । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ । २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो । जेनजी पुस्ताका माग सम्बोधन […]

भैंसेपाटीस्थित मन्त्री निवासमा आगजनी

काठमाडौं, भदौ २४ गते ।  ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरक्षामा खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि मन्त्री निवासमा आगजनी भएको जानकारी ललितपुर  जिल्ला प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीले दिनुभयो । आगजनी भएपछि त्यस क्षेत्रमा हेलिकोप्टर उडेको दृश्य देखिएको छ र आगजनीबाट निस्केको धुवाको […]

रास्वपाका सांसदहरुद्वारा राजीनामा

काठमाडौँ, भदौ २४ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको […]

स्वास्थ्य मन्त्री पौडेलद्वारा राजीनामा

काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमपछि मन्त्री पौडेलले पदमा बस्न उचित नहुने भन्दै राजीनामा दिनुभएको सचिवालयले जनाएको छ । कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई राजीनामा दिन कांग्रेसकै नेताहरुले  सुझाब दिएका थिए।

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको राजीनामा

काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उहाँले सो जानकारी २ बजेर २४ मिनेटमा दिनुभएको छ । गोरखापत्र अनलाइनको टेलिफोन सम्पर्कमा संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गर्नुभएको छ […]

जेनजी आन्दोलनमा सुरक्षार्थ खटेका दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौँ, भदौ २३ गते । जेनजी प्रदर्शनमा सोमबार सुरक्षार्थ खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी झडपमा घाइते भएका छन् । निषेधित क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रण लिने र शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीतर्फ १७८ र सशस्त्र प्रहरी बलतर्फ ३० जनाभन्दा बढी घाइते भएका छन् । नेपाल […]

इटहरीमा दुई जनाको मृत्यु

सुनसरी, भदौ २३ गते ।  ‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको  बताउनुभयो । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् । आन्दोलन […]

गोली प्रहार गरेको अभियोगमा एक पक्राउ

वीरगञ्ज (पर्सा), भदौ २३ गते । सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी आज दिउँसो वीरगञ्ज महानगर–१६ स्थित भन्सारगेटनजिक मुस्कान होटलमा कार्यरत भारतको बेतिया घर भई वीरगञ्जमा बसोबास गर्ने १८ वर्षीया […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल