पञ्चकन्या माविमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी

स्याङ्जा, जेठ ११ गते ।  अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पढाइसँगै व्यवहारिक सीप सिकाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीमा रचनात्मक परिवर्तन ल्याएको छ । विद्यालयले आफ्नै स्वामित्वमा रहेको पाँच रोपनी जग्गामा मौसमी तरकारी खेतीमार्फत विद्यार्थीलाई व्यावहारिक […]

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ, जेठ ११  गते ।  ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, […]

जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौँ, जेठ ११ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुग्नुभएका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त […]

सुकुमवासीलाई आवासको व्यवस्था

बागलुङ, जेठ ११ गते ।  दक्षिण बागलुङको जैमिनी नगरपालिकाले सुकुमवासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहीन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई आवासको व्यवस्था गरिएको हो । आवास पाउनेमा अधिकांश दलित समुदायका परिवार रहेका छन् । स्थानीय सरकारले आवासको व्यवस्था गरिदिएपछि सुकुमवासी परिवारमा खुसी छाएको छ । जैमिनीले आफ्नै बजेटबाट चालु आर्थिक वर्षमा १५ […]

जोखिम व्यवस्थापन गर्न बाढी र मौसम मापन केन्द्र

बनेपा, जेठ ११ गते  । काभ्रेपलाञ्चोकको रोसी तथा अन्य नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने क्षति कम गर्न जिल्लाका विभिन्न स्थानमा मौसम मापन केन्द्र र बाढी मापन केन्द्र थप गरिने भएको छ । जल तथा मौसम विज्ञान विभागले जिल्लामा तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्ने भएको छ । जिल्लामा […]

हिमाल–पहाडमा वर्षा र हिमपात, तराईमा तातो हावा

काठमाडौँ, जेठ ११ गते ।  हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशलगायत बाँकी लुम्बिनी […]

पोखराको फिर्केमा तीन ठाउँबाट चल्दैछ डोजर

लेखनाथ, जेठ १० गते ।  पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको करिब मध्य भाग हुँदै बग्ने फिर्केखोला आठ किमी लामो छ । महानगरका वडा नम्बर २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केको बहाव क्षेत्र(खोलाघर)लाई नै मिचेर एक सय ६० भन्दा बढी संरचना बनेका छन् । त्यसरी खोलामाथि नै […]

शहीद भीमनारायण गोल्डकपमा ८ टिमको सहभागिता

हिले, जेठ ८ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा) सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब (इटहरी, सुनसरी), बेलबारी […]

विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, जेठ ८ गते । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको शृङ्खलाको अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद् अन्त्य गर्ने लक्ष्यमा छ । यसअघि गत शनिबार भएको […]

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

दशरथचन्द (बैतडी),  जेठ ८ गते ।   बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा हुनुहुन्छ । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग हुनुहुन्छ । “समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ