सुलीकोट, साउन २३ गते । गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षाको लागि झण्डै २४ सय परीक्षार्थी सहभागी भएका छन् । बुधबारदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको एसइई ग्रेड वृद्धि परीक्षाका लागि जिल्ला भरका १३४ माध्यमिक विद्यालयका २४ सय ६५ जना परीक्षार्थीमध्ये २३ सय ६९ जनाले फाराम भरेका जिल्ला शिक्षा तथा समन्वय […]
काठमाडौं, साउन २३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो । फोनिज कार्यवाहक (कावा) महासचिव समीर बलामीका अनुसार पुरस्कार छनाेट समितिको सिफारिसअनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । […]
काठमाडौं साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसाेसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय […]
धनगढी, साउन २३ गते । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशमा सरकार फेरबदलसँगै दुवै जनाले पदबाट राजीनामा दिनुभएको हो । निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार ३ गते विक र शाहीलाई क्रमशः आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको […]
चितवन, साउन २३ गते । पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते हुनुभएको हो । पृथ्वी राजमार्गमा नाग्दी खोलमा बिहान करिब ७ः४० बजे गएको […]
काठमाडौं, साउन २२ गते। नेपाल ट्रेड युनियन कांग्रेस ( एनटीयूसी) का महिला उपाध्यक्ष राधिका कुइकेलले श्रमका खबरहरू सम्पूर्ण श्रमिकका हात हातमा पुर्याउन अत्यन्त जरुरी रहेको बताउनुभयो। उहाँले वर्तमान समयमा श्रमिकका हकहित, अधिकार, तथा उनीहरूको समस्याहरूको बारेमा जानकारी दिनु र उनीहरूको आवाजलाई प्रभावकारी रूपमा उठाउनु ट्रेड युनियनहरूको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। श्रमिक वर्गका हक, अधिकार र […]
मेष – आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त […]
काठमाडौँ, साउन २२ गते : डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ । इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला […]
काठमाडौँ, साउन २२ गते : कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ । यता बिहान ८ः२५ बजे काठमाडौँ महानगरपालिका १६ माछा पोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर पसल डुबान […]
बागलुङ, साउन २२ गते । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिनुभयो […]