गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

लेखनाथ, जेठ २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो । पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र […]

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली

काभ्रेपलाञ्चोक, जेठ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । धुलिखेलमा आयोजित एमाले काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उहाँले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न सकिने बताउनुभयो । उहाँले ‘मिसन ०८४’ […]

खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द : स्कुल गएका विद्यार्थी घर फर्किन पाएनन्

अछाम, जेठ २८ गते: कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको छ। आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए। बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका […]

गर्मी छल्न विद्यालयमा सार्वजनिक बिदा

नवलपुर, जेठ २८ गते : नवलपुरको कावासोती र मध्यबिन्दु नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तीन दिनका लागि सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयमा तीन दिनका लागि बिदा दिइएको नगर कार्यपालिका कार्यालयहरूले सूचना निकालेर जानकारी दिएका छन् । विगत केही दिनदेखि गर्मी अत्यधिक बढ्दै जाँदा पठनपाठन सकसपूर्ण भएकोले वर्षे बिदामा समायोजन […]

जीवित बुवाको मृत्यु दर्ता अनि आमाको अर्कैसँग विवाह दर्ता

उर्लाबारी, जेठ २८ गते :  मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बूले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बूको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बूलाई पदमबहादुर लिम्बूसँग विवाह दर्ता गराएका हुन् । २०८१ वैशाख २३ गते जितबहादुर लिम्बूको मृत्यु भएको भनी वडा […]

जेठ ३१ गते देखि मेलम्चीको पानी रोकिने

काठमाडौँ, जेठ २८ गते । जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न […]

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, जेठ २८ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड […]

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, जेठ २७ गते :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० […]

अस्पताल र प्रतिष्ठानबिच विवाद बढ्दै

हेटौँडा, जेठ २७ गते : हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध मकवानपुरका राजनीतिक दलपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी उभिएका छन् । हेटौँडा अस्पताललाई छुट्टै राख्नुपर्ने मागसहित मकवानपुरमा व्रिmयाशील राजनीतिक दल एकमत भएर निर्णय गरेको एक साता बित्दा नबित्दै अस्पताल निर्देशकदेखि चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध […]

निगरानीपछि बढ्यो पशुपतिको भेटी

काठमाडौँ, जेठ २७ गते :  पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो । कोषका सदस्य सचिव डा. मिलनकुमार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल