alliance khabar

आइतबार, साउन २७, २०८१

काठमाडौँ, साउन २६ गते।

नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो।

सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गर्नुभएको बताउनुभयो।

उहाँले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिनुभयो।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेता प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, , गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राख्नुभएको बताउनुभयो।

परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल