काठमाडौँ, कात्तिक १५ गते :सुनको मूल्य हालसम्मकै महँगाे भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई […]
काठमाडौँ, कात्तिक १५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान […]
कुस्मा (पर्वत), कात्तिक १४ गते : पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । जिल्लामा बर्सेनि वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति हुँदै आएको छ । जिल्ला वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकका अनुसार गत वर्ष वन्यजन्तु खास गरी चितुवाको आक्रमणबाट भेडाबाख्रा, गाईगोरुसहित मारिनेको सङ्ख्या ९२ वटा रहेको थियो । सो पशुधन […]
लेखनाथ, कात्तिक १४ गते : गण्डकी प्रदेशमा मङ्गलबारबाट प्रदेश निजामती सेवा र स्थानीय सेवाको पद दर्ता एवं कर्मचारी वैयक्तिक विवरण व्यवस्थापन सिटरोल दर्ता सुरु भएको छ । गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९, नियमावली २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ तथा नियमावली २०८० र प्रदेश किताबखाना सञ्चालन कार्यविधि २०८० बमोजिम सिटरोल दर्ता सुरु भएको हो । […]
इलाम, कात्तिक १४ गते : मनसुन सकिएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीय स्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघ्मा, मानेभन्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ । दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कंदा सीमावर्ती बजार पशुपतिनगर निस्कने भारत […]
काठमाडौँ, कात्तिक १४ गते : धन्तेरसका दिनका मङ्गलबार थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका नयाँ मुद्रण चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण ।
काठमाडौँ, कात्तिक १४ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला […]
ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङका एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बालिकालाई जबरजस्ती करणी गरी गर्भवती […]
काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो संस्थाका कर्मचारीहरूबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन […]