दोलखा, पुस २० गते । करिब दुई दशकअघि सदरमुकाम चरीकोटमा शुद्ध मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्मित अत्याधुनिक वधशालाको अहिले नामोनिसान पनि छैन । गत २०६१ सालमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयको विशेष पहलमा १० लाख २३ हजार १५३ रुपियाँ लागतमा निर्मित सो वधशाला पानीको अभाव देखाएर दुर्गन्धित बनेपछि हटाइएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो […]
रातोमाटे (मकवानपुर), पुस,२० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माण प्रक्रिया अगाडि बढाएको छ । देशका अन्य प्रदेशमा समेत अन्तरप्रदेश प्रवेश गर्ने कुनै पनि स्थानमा हालसम्म प्रविधियुक्त सुरक्षा जाँच चौकी स्थापना नभएको अवस्थामा बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशका आठ स्थानमा अत्याधुनिक सुरक्षा जाँच चौकी […]
सर्लाही, पुस २० गते । सर्लाहीको बरहथवा नगरपालिका–४, नयाँ टोलमा किसान राजेश बैठा आलुखेतीमा विषादी छर्कँदै । बढ्दो चिसो र कुहिरोको कारण तरकारीबालीमा क्षति पुग्न थालेको किसान बताउँछन् ।
काठमाडौँ, पुस २० गते । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ । ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय अवस्थाले आमनागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यसै गरी सडकहरू निर्धारित समयमा निर्माण हुन नसक्दा मुलुकले लिएको पर्यटक भित्र्याउने […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा […]
पोखरा, पुस १९ गते। सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताउनुभएको छ। उहाँले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको हो। प्रदेशस्तरीय मगर मौलिक सांस्कृतिक महोत्सव-२०८१ को पोखरामा शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले संविधानसभाले निर्माण गरेको संविधानलाई नेपाली जनताको इच्छा […]
लहान, पुस १९ गते। संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त उपब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको दृढता व्यक्त गर्नुभएको छ। लहान नगरपालिकाको १५ औं नगरसभालाई लहान नगरपालिकाको सभा हलमा उद्घाटन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो। दुई पटक संविधानसभाको निर्वाचन भएर बनेको संविधानको रक्षा र विकासको आकांक्षा […]
काठमाडौं, पुस १९ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष तथा वरिष्ठ पत्रकार निर्मला शर्माले विवाहपछि आफू पत्रकारिता पेशामा आएर अझै क्रियाशील रहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा आयोजित मिडिया संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पत्रकारिता पेशामा अवसरलाई चुनौतीले घेरेको चर्चा गर्नुहुँदै उहाँले सत्य तथ्य समाचार नै […]
काठमाडौँ, पुस १९ गते । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । भूतप उल्का वर्षा पुस १३ देखि २८ […]
काठमाडौँ, पुस १९ गते। ग्लोबल लेबर युनिभर्सिटी को GLU Asia, Australia & Oceania Alumni Network को सयोजक पदमा लोकेन्द्र पनेरु निर्वाचित हुनु भएको छ । उक्त पदकालागि नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश र इन्डोनेशिया बाट उम्मेदवारी रहेकोमा नेपालकाे तर्फबाट उम्मेदवारी दिनुभएका पनेरु सर्वाधिक मत प्राप्त गरि निर्वाचित हुनु भएको हो । GLU का अफ्रिका, युरोप, ल्याटिन […]