अष्ट्रेलियाका सहरहरूमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै

अहिले २० वर्षमा एक पटक मात्र हुने यस्तो घटना अब तीन वर्षमै दोहोरिन सक्छ । आकस्मिक मौसमी घटनाहरू बढ्नेछन्, जसले घर, गाडी, खेती र सौर्य उपकरणहरूमा गम्भीर असर पुर्‍याउन सक्छ । सिड्नी, साउन १३ गते । एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ […]

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

काठमाडौँ, साउन १३ गते । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ । आज मन्त्रिस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सुदूरपश्चिम, साउन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, […]

पूर्वप्रधानमन्त्री नेपाललाई वारेस राख्न अनुमति दिन अस्वीकार

काठमाडौँ, साउन १३ गते । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेस अनुमति नदिएको हो । विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई आठदेखि १० वर्षसम्म कैद सजाय हुने कसुरमा मुद्दा चलाएकोले फौजदारी कार्यविधिसंहिताको व्यवस्था अनुसार वारेस अनुमति दिन […]

तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, साउन १३ गते ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा […]

प्रधानाध्यापक नियुक्तिमा मनोमानी

काठमाडौँ, साउन १३ गते । सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा अनियमितता हुने गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समिति (विव्यस) ले आफूनिकटका शिक्षकलाई अनियमित तरिकाबाट प्रधानाध्यापक नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । आयोगले हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेर प्रधानाध्यापक नियुक्त गर्दा प्रचलित कानुनी व्यवस्थालाई पालना गर्न सचेत […]

१०८ प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड बिगो माग

काठमाडौँ, साउन १३ गते । कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ । सिआइबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको अनुसन्धान प्रतिवेदनमा १११ जना प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ बिगो मागदाबी गरिएको छ । सिआइबीका आर्थिक तथा वित्तीय अपराध अनुसन्धान […]

अन्तर्राष्ट्रिय बाघ दिवस : व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौँ, साउन १३ गते । गत असार २७ गते चितवनको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका पदमबहादुर रानाको बाघको आक्रमणबाट मृत्यु भयो । अघिल्लो वर्ष घना बस्तीस्थित नारायणी नदी किनारमा घुमफिर गर्न गएका एक जनालाई बाघले आक्रमण गरेर घाइते तुल्याएको थियो । यी दुई घटनाले पाटेबाघ संरक्षित वनमा मात्र सीमित नभएर सामुदायिक वन र घना […]

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा पौडेल सिफारिस

काठमाडौँ, साउन १३ गते । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो । न्याय सेवाको कर्मचारीतर्फको विशिष्ट पद मुख्य रजिस्ट्रारबाट ढकालले आइतबारदेखि […]

नेपालमा एमसिसी निरन्तर

काठमाडौँ, साउन १३ गते । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल