गुल्मी, कात्तिक १३ गते । गुल्मीमा एक लाखभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । हालसम्म स्वास्थ्य बिमामा यहाँका एक लाख २७ हजार ३५५ नागरिक आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । […]
भैरहवा, कात्तिक १३ गते । ट्रङ्क लाइन र डेडिकेटेड लाइनको महसुल तिर्न अस्वीकार गरेका रुपन्देहीका १३ उद्योगका सञ्चालकले आफूहरूको अडान कायम राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका छन् । बुधबार बसेको उद्योगी–व्यवसायीको बैठकले बिहीबार बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि एक घन्टे धर्ना गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले बैठकले […]
काठमाडौँ, कात्तिक १३ गते । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा महालक्ष्मी जात्रा ‘लाः तिइ मर’ बुधबार सुरु भएको छ । वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट जात्रा सुरु हुन्छ । सो दिन ‘छ्वयल्बु’ गरी बलम्बुको नेवाः समुदायले आफ्नै लोकपरिकार छोयला, तखाः (थलथले), रक्सीलगायतका परिकार बनाउँछन् । यसलाई न्हूँद ११४५ (नयाँ वर्ष) सुरु भएपछिको पहिलो जात्राका […]
दाङ, कात्तिक १३ गते । पश्चिम नेपालका थारू समुदायको महत्वपूर्ण बर्कानाच आर्थिक अभावले सङ्कटमा पुगेको छ । विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नाचिने बर्कानाच अहिले दाङमा मात्रै सीमित छ । त्यो पनि जिल्लाको एउटै गाउँमा कहिलेकाहीँ मात्र नाचिने अवस्था छ । थारू समुदायमा चाडपर्व अनुसार नाचिने महोत्या, मघौटा, छोक्रा, हुरडुङ्ग्या, झुम्रा, लट्हवा, […]
काठमाडौँ, कात्तिक १३ गते । नेपाल टेलिकमले देशका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्गलबारदेखि यस्तो सेवा सुरु गरेको हो । सो अभियान अन्तर्गत कम्पनीले पहिलो चरणमा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा निःशुल्क वाइफाई आरम्भ गरेको छ । उक्त सुविधा अन्तर्राष्ट्रिय विमानस्थलको […]
काठमाडौँ, कात्तिक १३ गते । मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ १० सर्त अगाडि सारेको छ । मलेसियाले नेपालसहित श्रमिक स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि त्यस्तो सर्त ल्याएको हो । मलेसियामा श्रमिक पठाउने स्रोत देशका कम्पनीले कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्ने, पछिल्लो पाँच […]
विराटनगर, कात्तिक १३ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि नौ दिनदेखि बन्द रहेको सुनसरीको रिलायन्स स्पिनिङ मिल्स खुल्ने निश्चित छैन । त्यस कारण त्यहाँ कार्यरत हजारौँ मजदुर सडकमा पुग्न लागेका छन् । प्राधिकरणले उद्योगको लाइन काटिदिएपछि देशकै ठुलो धागो उद्योगमा कार्यरत झन्डै चार हजार मजदुर मारमा परेका छन् । त्यसमा पनि ज्यालादारी तथा […]
काठमाडौँ, कात्तिक १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको त्रिपक्षी बैठकमा प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘‘म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । […]
काठमाडौँ, कात्तिक १२ गते । नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो । टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोक्नुभएको थियो । भारतको अर्को प्रहार पोस्टमाथि हुईकिएको थियो । यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको हो । […]
ताप्लेजुङ, कात्तिक १२ गते। ताप्लेजुङमा बुधबार सम्पन्न पॉचौ अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरूष फुटबलको उपाधि साथीभाइ युथ क्लब फुङ्लिङले जितेको छ। जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो। मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा खेलाइएको फाइनल खेलमा निर्धारित समयावधिभित्र एक–एक गोल बराबरी भएपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको […]