alliance khabar

बिहिबार, पुष २४, २०८२

कञ्चनपुर, पुस २४ गते ।

 गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन हुनुभएको छ । बुधबार सम्पन्न गैरसरकारी संस्था महासंघ नेपाल, कञ्चनपुरको २४ औँ साधारण सभा तथा १२ औँ जिल्ला अधिवेशनबाट तिरुवा सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको हो ।

साथै उपाध्यक्षमा अञ्जु जोशी (भट्ट), सचिवमा शारदा जोशी, सहसचिवमा अम्बादत्त जोशी र कोषाध्यक्षमा नारु सिंह चयन हुनुभएको छ । समितिको सदस्यहरूमा सिता बोहरा, जानकी जोशी, दुर्गा बडूवाल, शिला रैका, ईश्वर उपाध्याय, नैन सिंह पाल, विनोद विक्रम जैरु, माया नेगी र लक्ष्मी चन्द चयन हुनुभएको छ ।

नयाँ नेतृत्वले जिल्ला भित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा स्थानीय योजना, कानुन निर्माण प्रक्रियामा सहभागिता तथा संलग्नता, वकालत र दिगो विकासमा नागरिक संघ संस्थाहरूको भूमिका विषयक बहुपक्षीय संवाद गरिएको थियो । कार्यक्रममा सहभागीहरूले गैर सरकारी संस्थाहरूले समाज रुपान्तणमा उल्लेख्य भूमिका निर्वाह गर्नुपर्ने साथै कोठे कार्यक्रममा मात्रै सीमित नहुने प्रतिबद्धता जनाएका छन् । साथै जनजीविकाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष जोड दिएका थिए ।

यसैबिच, गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरमा आबद्ध सङ्घसंस्थाहरूले पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागि ७३ हजार ९०५ रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन् । यसैबिच, पत्रकार महासंघ शाखा कञ्चनपुरका महिला उपाध्यक्ष धर्मा रोकायाले गैर सरकारी संस्थाहरूले गर्दै आएका समग्र कार्यक्रम तथा गतिविधिको पत्रकार महासंघलाई पूर्व जानकारी गरी सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल